Advertisement
Advertisement
Advertisement
Advertisement

आईसीयूमा बिरामीको अन्तर्वार्ता लिएको विषयमा सांसद बास्कोटाको प्रश्न

  |      13:52:00   |  
आईसीयूमा बिरामीको अन्तर्वार्ता लिएको विषयमा सांसद बास्कोटाको प्रश्न
भदौ ३०, काठमाडौं । प्रतिनिधिसभा सदस्य समीक्षा बास्कोटाले अस्पतालको आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिइएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गम्भीर अवस्थामा उपचार भइरहेका बिरामीको स्वास्थ्य गोपनीयता, सम्मान र संक्रमण नियन्त्रणजस्ता संवेदनशील पक्षलाई बेवास्ता गरेर आईसीयूमै अन्तर्वार्ता लिनु उचित नभएको बताइन्।
बास्कोटाले आईसीयू अत्यन्त संवेदनशील अवस्थामा रहेका बिरामीको उपचारका लागि छुट्याइएको विशेष कक्ष भएकाले त्यहाँ प्रवेश र भेटघाटका लागि निश्चित स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उल्लेख गरिन्। परिवारका सदस्यलाई समेत तोकिएको समय र प्रोटोकलअनुसार मात्रै भेट्न दिइने अवस्थामा सञ्चारकर्मीलाई आईसीयूमै पुगेर अन्तर्वार्ता लिन अनुमति दिनु कत्तिको नैतिक र व्यावसायिक हो भन्ने प्रश्न उनले उठाइन्।
उनले विपद् तथा आपत्कालीन अवस्थाका बेला सञ्चारमाध्यमले सूचना सम्प्रेषण गर्दा बिरामीको अवस्था, गोपनीयता र व्यक्तिगत सम्मानलाई विशेष प्राथमिकता दिनुपर्ने बताइन्।
विशेषगरी उद्धारपछि गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएका बिरामीको उपचार भइरहेको समयमा उनीहरूको स्वास्थ्य अवस्थालाई सार्वजनिक प्रदर्शनको विषय बनाउन नहुने उनको भनाइ थियो।
सांसद बास्कोटाले स्वास्थ्य पत्रकारिताको सीमा र आईसीयूमा सञ्चारकर्मीको पहुँचबारे स्पष्ट मापदण्ड आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement