असार २५, काठमाडौं ।नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्मा ‘सत्तापक्षले पहल नगरेको होइन । यो पहल गर्ने कुरा सरकार अथवा प्रधानमन्त्रीको होइन नि त । यो सदन चलाउनको निम्ति पहल गर्ने कुरा सभामुखको हो’,नारायणी शर्मा ले भनिन्, ‘त्यसकारण सभामुखले पहल गर्ने कुरामा कति लाग्नुभयो ?कति गर्नुभयो ?कति गर्नुभएन भन्ने कुरा उहाँसँग सम्बन्धित कुरा हो ।
आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नारायणी शर्माले प्रतिपक्षले आफूले राखेको मागको सम्बन्धमा पुनः सोच्नुपर्ने बताइन् ।