Advertisement
Advertisement
Advertisement
Advertisement

अन्तरजातीय विवाह गरेका सत्येन्द्र-नेहाको विषय पुग्यो संसद्, गृहमन्त्रीको भूमिकामाथि प्रश्न

  |      15:01:00   |  
अन्तरजातीय विवाह गरेका सत्येन्द्र-नेहाको विषय पुग्यो संसद्, गृहमन्त्रीको भूमिकामाथि प्रश्न

माघ २४ काठमाडौं । अन्तरजातीय विवाह गरेका सर्लाहीका सत्येन्द्र चमार र नेहा रौनियारमाथि गृहमन्त्रीकै निर्देशनमा अत्याचार भएको भन्ने विषयमा संसद्‌मा व्यापक प्रश्न उठेको छ।

बिहीबार (आज) बसेको संसद् बैठकको आकस्मिक तथा शून्य समयमा सांसदहरूले गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाउँदै त्यसप्रति निष्पक्ष छानबिनको माग गरेका हुन्।

सांसद शान्ति विकले गृहमन्त्री रमेश लेखकको भूमिकामाथि प्रश्न उठाउँदै प्रेम गर्नु अपराध हो भनेर प्रश्न गरिन्।

यस्तै अर्का सांसद हर्कमाया विकले पनि यसबारे गम्भीर ध्यानाकर्षण भएको बताइन्। सरकारकै सक्रियतामा कुनै विवाहित जोडीलाई दुस्ख दिनु अपराध भएको उल्लेख गर्दै घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरिन्।

अर्का सांसद रनेन्द्र बराइलीले पनि घटनाबारे छानबिन हुनुपर्ने माग गरे। यो विषय के हो, निष्पक्ष छानबिन होस्,उनले भने, गृहमन्त्रीको भूमिकाबारे जवाफ पाउँ।

अर्का सांसद शिव नेपालीले पनि राज्यले नै कुनै प्रेम जोडीलाई दुस्ख दिनु कति स्वाभाविक हो भनेर प्रश्न गरे। साथमा उनले छानबिनको मागसमेत गरेका छन्।

अर्का सांसद अनिशा नेपालीले पनि राज्यले नै उनीहरूको सम्बन्ध तोड्नका लागि काम गरेको आरोप लगाइन्। उनले सोधिन्, दलित मान्छे होइनन् रु घटनाबारे छानबिन होस्।

यस्तै अर्का सांसद अम्मरबहादुर थापाले पनि यसप्रति प्रश्न उठाए। घटनाबारे छानबिन हुनुपर्ने माग सांसद थापाको छ।

अर्का सांसद आशा विकले पनि अहिलेको अवस्थामा पनि दलित समुदायमाथि त्यस्ता घटना घट्नु निकै दुखद् रहेको बताइन्। आज यो घटनाले सम्पूर्ण नेपालीसँगै साठी लाख दलित समुदायहरूको शिर निहुरिएको छ,उनले भनिन्।

यसअघि प्रेम विवाह गरेका चमार र रौनियारमाथि सरकार र अदालतकै संलग्नतामा दुस्ख दिने काम भएको समाचार प्रकाशित भएका थिए।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement