Advertisement
Advertisement
Advertisement
Advertisement

अख्तियारको त्रासले कर्मचारीमा ‘डिसिजन प्यारालाइसिस’: मन्त्री गौतम

  |      16:32:00   |  
web image
web image

भदौ ४ , काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको त्रासका कारण कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ अर्थात् निर्णय लिनै डराउने अवस्था सिर्जना भएको बताएकी छन्।
बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री गौतमले भ्रष्टाचार गर्ने कर्मचारी डराउनुपर्ने भए पनि इमानदार कर्मचारीसमेत अख्तियारको डरले निर्णय लिन हिच्किचाउने अवस्था आउन नहुने बताइन्।
उनका अनुसार कानुनमा स्पष्ट व्यवस्था भएका विषयमा समेत कर्मचारीले अख्तियारको कारबाहीको डरले राय दिन र निर्णय गर्न असहज मान्ने गरेका छन्। यसले सरकारी फाइल लामो समयसम्म थन्किने र विकास आयोजना तथा सार्वजनिक सेवा प्रभावित हुने उनको भनाइ छ।
मन्त्री गौतमले कर्मचारीले निर्णय गर्न डराउँदा आयोजना कार्यान्वयनमा ढिलाइ हुने, लागत बढ्ने र त्यसको भार अन्ततः जनताले तिर्ने करबाट व्यहोर्नुपर्ने बताइन्।
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग विश्वसनीय, स्वतन्त्र र व्यावसायिक संस्था हुनुपर्नेमा जोड दिँदै भ्रष्टाचार नियन्त्रणसँगै इमानदार कर्मचारीले निर्भीक भएर काम गर्न सक्ने वातावरण बनाउन आवश्यक रहेको बताइन्।
गौतमले भ्रष्टाचारजन्य बदनियत र सामान्य प्रशासनिक त्रुटिबीच स्पष्ट सीमा निर्धारण गर्नुपर्ने धारणा राखिन्। अख्तियारको संवैधानिक स्वतन्त्रता र अधिकार क्षेत्रलाई सरकारले सम्मान गर्ने भन्दै उनले कानुनी स्पष्टता आवश्यक रहेको बताइन्।
उनका अनुसार अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन तथा सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन संशोधनको प्रक्रियामा छन्। विद्यमान कानुनलाई थप स्पष्ट, व्यावहारिक र प्रभावकारी बनाउन राजनीतिक दलका सांसद तथा अख्तियारले समेत ठोस गृहकार्य गर्नुपर्ने उनले बताइन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement