भाद्र ६, म्याग्दी । बेनीस्थित प्रकाश माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षामा सर्वोकृष्ट अङ्क हासिल गर्ने एक छात्रालाई मङ्गलबार पुरस्कृत गरिएको छ ।
धौलागिरि क्षेत्रमा सबैभन्दा बढी अङ्क हासिल गरेकी छात्रा छलीकुमारी जैशीलाई रु. १० हजारसहित पुरस्कृत गरिएको हो ।
तीन दशमलव ५७ जिपिए हासिल गरेकी विज्ञान सङ्कायकी छात्रा जैशीलाई विद्यालय व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष हरिकृष्ण श्रेष्ठ, शिक्षक अभिभावक सङ्घका अध्यक्ष सुवर्ण रिजाल, प्रधानाध्यापक हरिकृष्ण सुवेदीलगायतले सम्मान गगरेकाछन् ।
सो विद्यालय यसअघि पनि चार पटकसम्म धौलागिरिमा सर्वोकृष्ट अङ्कसहित विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ ।