Advertisement
Advertisement
Advertisement
Advertisement

बहुराष्ट्रिय सेना भन्छ : अन्तर सञ्चार सम्पर्कलाई चुस्त तुल्याइने

  |      15:39:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र १, काठमाडौं ।  बहुराष्ट्रिय सेनाबीच अन्तर सञ्चार समन्वय गरी विपद्का ठूला घटनापछिको उद्धार र राहतलाई प्रभावकारी तुल्याउने निकर्षसहित बहुराष्ट्रिय सञ्चार अन्तर्राष्ट्रिय कार्यक्रम एमसिआइसीको आज समापन भएको छ । 

 

अभ्यासमा अष्ट्रेलिया, बङ्गलादेश, कम्बोडिया, फिजी, फ्रान्स, इण्डोनेशिया, जापान, मलेशिया, माल्दिभ्स, मङ्गोलिया, नेपाल, फिलिपिन्स, सिङ्गापुर, श्रीलङ्का, थाइल्याण्ड, टोङ्गा, पपुआ न्यूगिनी र दक्षिण कोरियाका भियतनाम र संयुक्त राज्य अमेरिकाका गरी २७० सैनिक सहभागी थिए । 

 

सूचना प्रवाहको प्रभावकारितालाई अभिवृद्धि गरी विपद् व्यवस्थापनलाई चुस्त तुल्याउने उद्देश्यले उक्त अभ्यास सञ्चालन गरिएको हो । भूकम्प, सामुन्द्रिक आँधी, ज्वालाभूखी विस्फोटन तथा ठूला बाढी पहिरोका घटनापछि प्रभावित क्षेत्रमा बहुराष्ट्रिय सेना परिचालन भई संयुक्त रुपमा काम गर्ने अभ्यास हुँदै आएको छ । 

 

एशिया प्रशान्त क्षेत्र प्राकृतिक प्रकोपको दृष्टिकोणले अति नै संवेदनशील क्षेत्र भएकाले सन् २००४ को सुनामीमा देखिएको कमीकमजोरी हटाई मानवीय सहायता र उद्धारलाई भरपर्दो बनाउने उद्देश्यले सन् २००५ बाट अमेरिकी सेनाको एशिया प्रशान्त क्षेत्रको सहयोगमा यो कार्यक्रम पहिलोपटक आरम्भ गरिएको थियो । 

 

नेपाली सेना र अमेरिकी सेनाको प्रशान्त क्षेत्र कमाण्डद्वारा आयोजित अभ्यासमा प्राकृतिक प्रकोप तथा विपद्को समयमा जुनसुकै ठाउँमा परिचालन भएपनि विभिन्न मुलुकका सेनाबीच अन्तर सञ्चार माध्यमद्वारा मिलाप गरी कार्यसम्पादन सहज ढङ्गले गर्ने सन्दर्भमा सैद्धान्तिक तथा व्यावहारिक अभ्याससमेत गराइएको थियो । 

 

नेपाल उक्त कार्यक्रममा सन् २००६ बाट सहभागी हुँदै आएको छ । नेपाली सेनाले यसअघि यो अभ्यास २०७१ सालमा सञ्चालन गरेको थियो । पपुवा न्यूगिनीमा सन् २०१९ मा आयोजना हुने अर्को अभ्यासबाट आगामी पाँच वर्षका लागि नीति तथा योजना तयार गर्नेछ । 

 

अभ्यास समापनका अवसरमा प्रशिक्षार्थीलाई प्रमाणपत्र दिँदै बलाध्यक्ष रथी हेमन्तराज कुँवरले ठूला विपद्को घटनापछि मानवीय उद्धार र राहतमा खटिएका सैनिकबीच उपलब्ध सञ्चार उपकरणबाट सहज सम्पर्क गर्ने सन्दर्भमा सैनिकबीच क्षमता अभिवृद्धि गर्न सहयोग पुगेको विश्वास व्यक्त गरे । उनले भने, “अभ्यासका क्रममा सिकेका ज्ञान र अनुभवले मानवीय सहायतालाई प्रभावकारी बनाउनेछ, विभिन्न मुलुकका सेनाले प्रयोगमा ल्याएका नवीनतम् उपकरणबारे जानकारी लिन अवसर जुटेको छ ।’’ 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement