Advertisement
Advertisement
Advertisement
Advertisement

आत्मनिर्भरताको बाटोमा प्रदेश नं ७

  |      11:15:00   |  
आत्मनिर्भरताको बाटोमा प्रदेश नं ७

साउन ३०, कैलाली । अघिल्लो आर्थिक वर्षको पूरक बजेटका लागि जिल्लागत प्रस्ताव माग्दा डेढ सयवटा मन्दिर बनाउने प्रस्ताव आएको थियो । प्रदेश नं ७ को सरकारले त्यसका लागि रकम विनियोजन गरेन । यस्ता कार्यक्रमले प्रदेशमा उत्पादकत्व नबढाउने भएकाले रकम विनियोजन नगर्ने बरु अध्ययन अनुसन्धानमा अनुदान दिने सूत्र प्रदेश सरकारले लगायो । 

प्रदेश नं ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपटसिंह बोहरा स्वयं अर्थशास्त्री, पूर्वबैंकर र पूर्वसञ्चार उद्यमी हुन् । उनको प्राथमिकता उत्पादकत्व वृद्धि हुने र जनताको दैनिक जीवनसँग गाँसिएका क्षेत्रमा मात्रै लगानी गराउनेमा छ । 

अघिल्लो वर्ष प्रदेश सरकारले कृषि अनुदानका लागि राखेको रु सात करोड ५० लाख खर्च नभई फिर्ता भएको थियो । छोटो समयमा पहाडी र विकट जिल्लामा उक्त अनुदान वितरणका लागि सर्वेक्षण गर्न नभ्याइएका कारण खर्च हुन नसकेको हो । अनुदानका लागि बोलपत्र आह्वान गर्नसमेत समय अपुग भएको थियो । 

लगानीको प्रभावकारिता र त्यसलाई खर्च गर्न सक्ने स्थितिको अवस्था बुझेर मात्र बजेट राख्ने र विनियोजित रकम तोकिएको समयमा सही ढङ्गले खर्च होस् भन्ने सोचका साथ आर्थिक मामिलामन्त्री बोहराले पूरक बजेटमा अधिकांश रकम अध्ययन, अनुसन्धान र अनुदानकेन्द्रित गरेका थिए । अछामबाट नेपाल कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट प्रदेशसभामा निर्वाचित मन्त्री बोहरा प्रदेशमा बैंक सेवा सञ्चालनका अगुवासमेत हुन् । 

अन्य प्रदेशका सरकारले संघीय सरकारले समानीकरण अनुदानमा आफूहरुलाई कुल नौ प्रतिशत रकम मात्र दिएको र पर्याप्त स्रोत साधन नभएको गुनासो गरिरहेका बेला प्रदेश नं ७ का आर्थिक मामिलामन्त्री बोहरा त्यस्तो गुनासो गर्ने पक्षमा छैनन् । “हामीसँग जे स्रोत साधन छ, त्यसको राम्रो उपयोग गरेर विकासको विकल्प दिऊँ, त्यसपछि केन्द्रसँग छलफलमा जाउँला,” धनगढीस्थित निजी निवासमा मन्त्री बोहराले भने, “हाम्रो प्रदेशमा जलविद्युत्मा भएको ३३ हजार मेगावाटको क्षमता उपयोग गरेर हामी यसलाई विकसित गर्न चाहन्छौँ ।” 

नेपाल मानव विकास प्रतिवेदन २०१४ अनुसार प्रदेश नं ७ को मुलुकको कुल ग्राहस्थ उत्पादनमा ६ दशमलव ३७ प्रतिशत योगदान रहेको छ । यस प्रदेशले देशको राजश्व सङ्कलनमा एक दशमलव दुई तथा सरकारी खर्चतर्फ ६ दशमलव ९ प्रतिशत हिस्सा लिएको देखिन्छ । राष्ट्रिय योजना आयोगको नेपालको बहुआयामिक गरिबी सूचक २०१८ अनुसार प्रदेश नं ७ को बहुआयामिक गरिबी सूचक शून्य दशमलव १४६ र गरिबीको रेखामुनी रहेको जनसङ्ख्या ३३ दशमलव ५६ प्रतिशत छ । 

मन्त्री बोहराले गत असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको चालू आव २०७५÷७६ को रु २५ अर्ब ६ करोड ५६ लाख १४ हजार बजेटमा जनता र स्थानीय तहसँग हातेमालो गरी स्वाधीन, समृद्ध, आत्मनिर्भर र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको साझा लक्ष्य लिइएको छ । अत्यावश्यक र पूरा गर्न सकिने क्षेत्रमा बजेट राखिएको उनी बताउँछन् । चालूतर्फ ५३ दशमलव २६ तथा पूँजीगततर्फ ४६ दशमलव ७४ प्रतिशत विनियोजित बजेटमा कृषि, उद्योग, जलस्रोत, पर्यटन, वनजङ्गल, जडीबुटी, जमीन एवं भौतिक पूर्वाधारको विकास र विस्तार गरी प्रदेशलाई समाजवादउन्मुख र आर्थिकरूपमा समृद्ध बनाउने उनको उद्देश्य देखिन्छ । 

जटिल प्रकृतिका प्रसूती, दुर्घटना र सर्पदंशका बिरामीलाई एयरलिफ्टिङ प्रेषण सहयोग गर्न रु एक करोड विनियोजन गरिएकामा यसको कार्यान्वयन शुरु भइसकेको मन्त्री बोहराले जानकारी दिए । नौ जिल्ला र ८८ स्थानीय तह रहेको तथा भौतिक पूर्वाधारको दृष्टिले पछि परेको प्रदेश नं ७ मा सडक, खानेपानी, सिँचाइ, ऊर्जा र तटबन्ध निर्माणका लागि रु पाँच अर्ब तीन करोड ५१ लाख, प्रदेश बस सेवा सञ्चालनका लागि रु २० करोड, प्रदेशमा गौरवका आयोजनाका लागि रु २५ करोड, २० हजार युवाको स्वरोजगारका लागि रु एक अर्ब, प्रदेश खाद्य संस्थान स्थापनाका लागि रु ५० करोड तथा मुख्यमन्त्री कृषि कार्यक्रमका लागि रु १९ करोड विनियोजन गरिएको छ । एक स्थानीय तह ः दुई पसल स्थापना, पहाडी जिल्लाका हरेक निर्वाचन क्षेत्रमा एम्बुलेन्स सेवा सञ्चालनजस्ता कार्यक्रम पनि बजेटमा राखिएको मन्त्री बोहराले बताए । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement