Advertisement
Advertisement
Advertisement
Advertisement

बलात्कारीलाई कारवाही माग

  |      17:12:00   |  
वेब तस्विर
वेब तस्विर

साउन २९, काठमाडौं ।  राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले बलात्कार घटनाका दोषीलाई कडा कारवाही गर्नुपर्नेमा जोड दिएकाछन् । 

पछिल्लो समय देशभर बलात्कारका घटना बढ्दै गएको र दोषीमाथि कारवाही नभएकोमा चिन्ता व्यक्त गर्दै उनीहरुले विद्यमान कानूनले मात्रै बलात्कारीलाई कारवाही हुन नसकेकाले थप कडा कानून ल्याउन आग्रह गरेकाहुन् । 

सांसद अनिता देवकोटाले देशको शान्ति सुरक्षामा व्यवधान खडा भएको, बलात्कारजन्य घटना बढ्दो क्रममा रहेको भन्दै महिलाको बाँच्न पाउने अधिकारको हक सुरक्षित गरी त्यस्ता मुद्दाको छिटो निरोपण हुनेगरी टुङ्ग्याउ सरकारको ध्यानाकर्षण गराईन् । 

सांसद बलरामप्रसाद बाँस्कोटाले कञ्चनपुरलगायत स्थानमा भएका बलात्कारका घटनामा दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन आग्रह गरे । 

सांसद सिंहबहादुर विश्वकर्माले पछिल्लो समयमा प्रदर्शन भएको एक चलचित्रमा वादी समुदायको इज्जत र प्रतिष्ठामा आँच आउने विषयवस्तु उठान गरिएकाले त्यस्ता चलचित्र प्रदर्शनीमा रोक लगाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । 

सांसद राजकुमार कुँवरले विभिन्न परिवर्तनकामी आन्दोलनका क्रममा घाइते, अङ्गभङ्ग भई उपचारविहीनलाई औषधोपचार तथा आर्थिक सहायताका लागि राज्यले विषेश ध्यान दिनुपर्नेमा जोड दिएकाछन् । 

सांसद विन्दादेवी आलेले विभिन्न क्षेत्रमा लगाइएको करले जनतालाई थप पीडाबोध गराएको भन्दै सङ्घीय संरचनामा स्थानीय सरकारले कर उठाउन पाउने व्यवस्था भए पनि मनलाग्दो कर जथाभावी उठाउन नपाईने जनाईन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement