Advertisement
Advertisement
Advertisement
Advertisement

मुसहर–माझीलाई उच्चशिक्षाका लागि आर्थिक सहयोग

  |      14:46:00   |  
वेब तस्विर
वेब तस्विर

साउन ६, चितवन  ।  रत्ननगर नगरपालिकाले यहाँको मुसहर र माझी समुदायका बालबालिकालाई उच्च शिक्षासम्म अध्ययनका लागि आर्थिक सहयोग गर्ने भएको छ । 

नगरभित्र रहेका मुसहर माझी विद्यार्थीले चाहेमा स्नातकोत्तरसम्मको अध्ययनका लागि सहयोग गर्ने निर्णय भएको नगरप्रमुख नारायण वनले जानकारी दिए । 

नगरसभाबाट पारित भए पनि अहिलेसम्म मुसहर माझीले नगरपालिकाको उक्त सेवा लिन नसकेको जानकारी दिँदै उनले भने, “भर्खरै एक दुईजना प्लस टुसम्म पुगेका रहेछन्, अब उनीहरुको उच्चशिक्षालाई नगरपालिकाले आर्थिक भार व्यहोरेर पढाउँछ ।” 

सो जानकारी पाएपछि झुवानी माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत अमीर माझी सञ्जय माझी नगरपालिकामा बुझ्न आएका थिए ।  “माझी मुसहरलाई फ्री रे भन्ने सुनेको थिएँ, अनि आएको”, नगरप्रमुख वनको सामुन्ने सञ्जयले लजाउँदै भने। त्यसपछि उनलाई नगरप्रमुख वनले उच्च शिक्षाका लागि पूर्ण सहयोग हुने आश्वासन दिए । 

कक्षा ११ मा उनलाई अहिलेको छात्रवृत्तिमा परीक्षा दिन भनिएको छ । शिक्षक बनेर आफू जस्तै अन्य गरीबलाई पढाउने इच्छा रहेको सञ्जयको भनाइ थियो । 

यस्तै नगरपालिकाले कोचिङ कक्षाका लागि पनि आर्थिक सहयोगका साथै उच्च शिक्षा पढ्ने हरेक सुकुम्बासीका बालबालिकाका लागि प्रतिव्यक्ति रु. पाँच हजार सहयोग गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement