Advertisement
Advertisement
Advertisement
Advertisement

“अन्तर्राष्ट्रिय कन्भेन्सनका लागि बलिउड अभिनेत्री शिल्पा शेट्टी काठमाडौंमा”

  |      15:58:00   |  
Web Image
Web Image

साउन १५ , काठमाडौ । बलिउड अभिनेत्री शिल्पा शेट्टी शुक्रबार काठमाडौं आइपुगेकी छन्। उनी दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरण गरेपछि आयोजक टोलीले औपचारिक स्वागत गरेको थियो।
शेट्टी नेपालमा पहिलो पटक आयोजना हुन लागेको ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड २०२६ मा सहभागी हुन आएकी हुन्। काठमाडौंस्थित सोल्टी
 होटलमा सञ्चालन हुने उक्त कार्यक्रममा उनी विशेष अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय गरिएको छ।
भारतको इभेन्ट तथा वेडिङ उद्योगसँग सम्बन्धित संस्था इभेन्ट व्यवस्थापक महासंघ (इएमएफ)ले आफ्नो १३औँ संस्करणको कन्भेन्सन पहिलो पटक नेपालमा आयोजना गरेको हो। आइतबारसम्म चल्ने यस कार्यक्रमले नेपाललाई अन्तर्राष्ट्रिय इभेन्ट गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार कार्यक्रममा भारतसहित विभिन्न ७ देशबाट करिब ५५० जना इभेन्ट व्यवस्थापन, विवाह (वेडिङ), पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायी, लगानीकर्ता तथा गन्तव्य विशेषज्ञहरूको सहभागिता रहनेछ। यसले नेपालको पर्यटन तथा आतिथ्य उद्योगमा अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्न महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास गरिएको छ।
कार्यक्रममा बलिउड अभिनेता शक्ति कपुर र विक्रान्त मेसी पनि सहभागी हुने जनाइएको छ। साथै, नेपाली मूलकी चर्चित अभिनेत्री मनिषा कोइरालाको पनि उपस्थिति रहने आयोजकले जनाएको छ।
नेपालमा यस्ता अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरू आयोजना हुन थालेसँगै देशको पर्यटन प्रवर्द्धन, विदेशी लगानी आकर्षण तथा सांस्कृतिक आदानप्रदानमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement