पुस १५,काठमाडौं । रुपन्देहीमा सात वर्षीया बालिकको हत्या गरिएको छ । स्थानिय सात बर्षीया नन्दनी कुमारीको हत्या जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोहर भट्टका अनुसार कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनी सुक्रबार देखि हराइरहेकी थिइन् ।उनको शव मर्चवारी-१ इस्लामपुरमा आज फेला परेको छ ।
प्रहरीले हत्यामा संलग्न रहेको आशङकामा एक जनालाई नियन्त्रणमा लिएको छ ।प्रहरी नायव उपरीक्षक भट्टका अनुसार यो घटनाबारे अनुसन्धान भइरहेको बताए ।