असार २१, काठमाडौं ।मन्त्रिपरिषद्को आकस्मिक बैठक ४ बजे बसेको छ।संसदमा प्रतिपक्षको अवरोधपछि मिटरब्याजसम्बन्धी विधेयक निष्क्रिय भएपछि अब के गर्ने भन्ने भन्ने विषयमा निर्णय लिन मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
गत सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, रास्वपा र राप्रपाले सदन अवरुद्ध गर्दै आएका छन्। हिजोको राष्ट्रिय सभा बैठक अवरुद्ध भएपछि मिटरब्याजसम्बन्धी विधेयक निष्क्रिय बनेको छ।