Advertisement
Advertisement
Advertisement
Advertisement

सुदूरपश्चिम र एपीएफ प्रधानमन्त्री कप महिला टी–२० को सेमिफाइनलमा

  |      18:46:00   |  
web imege
web imege

माघ २, काठमाडौं । सुदूरपश्चिम प्रदेश टिम र विभागीय टिम एपीएफ प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।

इटहरीको जनता क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह ए मा रहेका दुई टिमले लगातार दुई जितपछि सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् । यो समूहमा रहेका वागमती र गण्डकी प्रदेश टिम भने बाहिरिएका छन् ।

सोमबार सुदूरपश्चिमले गण्डकीलाई ९ विकेटले पराजित गरेपछि सेमिफाइनल समीकरण बनेको हो । समूहमा २ जितपछि एपीएफ र सुदूरपश्चिमको ४–४ अंक छ भने वागमती र गण्डकीले अंक जोड्न सकेका छैनन् ।

समूहमा एपीएफ र सुदूरपश्चिमबीच खेल हुन बाँकी छ । यो खेलको विजेताले समूह विजेता निश्चित गर्नेछ । वागमती र गण्डकी सान्त्वना जितका लागि खेल्नेछन् ।

सोमबार गण्डकीले दिएको ६१ रनको झिनो लक्ष्य सुदूरपश्चिमले ११ ओभरमा १ विकेट गुमाएर भेट्टायो ।

सुदूरपश्चिमको जितमा कप्तानसमेत रहेकी ओपनर विन्दू रावलले सर्वाधिक अविजित ४६ रनको योगदान गरिन् । अर्की ओपनर यशोदा भट्ट २ रन बनाएर आउट भए पनि तेस्रो नम्बरमा आएकी शोभा रोकायसँग मिलेर विन्दूले दोस्रो विकेटका लागि ४८ रनको अविजित साझेदारी गरिन् । ११औं ओभरको अन्तिम बलमा जितका लागि १ रन आवश्यक रहँदा विन्दूले चौका प्रहार गरेकी हुन् ।

विन्दूले ४३ बलमा ८ चौका प्रहार गरिन् । अर्को एण्डबाट साथ दिइरहेकी शोभाले अविजित ८ रन बनाइन् । बलिङमा गण्डकीकी निरुता जीटीले १ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले कमजोर प्रदर्शन गरेको थियो । पूरा २० ओभर खेलेर ९ विकेट गुमाउँदै ६० रन बनाएको गण्डकीका लागि तेस्रो नम्बरमा ब्याटिङ गरेकी सीमाना केसीले सर्बाधिक १३ रन बनाइन् । गण्डकीले १२ अतिरिक्त रन पाएको थियो ।

बलिङमा सुदूरपश्चिमकी मनिषा चौधरीले ४ विकेट लिइन् । उनले ४ ओभरमा १ मेडन राख्दै १४ रन खर्चिन् । इश्वरी भट्ट र स्नेहा महराले १–१ विकेट लिए । गण्डकीका तीनजना ब्याटर रनआउट भएका थिए ।

सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा वागमती प्रदेशमाथि ३३ रनको विजय रचेको थियो । एपीएफले समूहमा वागमती र गण्डकी दुवैलाई हराइसकेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement