कात्तिक १, काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले उकालो लागेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९३ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ९०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन फाइन गोल्ड ९३ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार १८० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार १६० रुपैयाँमा किनबेच भएको थियो।