Advertisement
Advertisement
Advertisement
Advertisement

बाङ्ग्लादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय हुनसक्ने नयाँ कानुनको औपचारिक निर्णय, नेपलमा यस्तो कानुन कहिले बन्ने ?

  |      20:21:00   |  
वेब तस्विर
वेब तस्विर

असोज २६, काठमाडौं । बाङ्ग्लादेशमा कानुन संशोधन गरी बलात्कारको अपराधमा अधिकतम सजायका रूपमा मृत्युदण्ड दिन सकिने प्रावधान राखिएको छ।

सरकारले सोमवार यस विषयमा औपचारिक निर्णय गरेको हो।

बीबीसी बाङ्ग्लासँग कुरा गर्दै कानुनमन्त्री अनिसुल हकले उक्त संशोधित कानुन राष्ट्रपतिबाट मङ्गलवार जारी हुने र तत्काल लागु हुने बताए।

गत साता एउटी महिलाको सामूहिक बलात्कार गरिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि देशव्यापी विरोधप्रदर्शन सुरु भएको थियो।

विद्यार्थी, महिला अधिकारको क्षेत्रमा कार्यरत सङ्घसंस्था र अन्य मानिसहरूले राजधानी ढाकामा प्रदर्शन गरेका थिए। धेरैले गृहमन्त्रीको राजीनामा र बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग राखेका थिए।

प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा सोमवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले कानुन संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्दै अध्यादेशबाट नयाँ कानुन ल्याउने निर्णय गरेको हो।

अहिले संसद्को सत्र नचलेकाले त्यसो गरिएको मन्त्री हकले बीबीसीलाई बताए।

यो निर्णयको चारैतिर स्वागत हुने अपेक्षा गरिएको भए पनि बलात्कारपछि पीडित महिलाको हत्या हुने क्रम झन् बढ्ने डर पनि व्यक्त भएको बताइन्छ।

कसरी भयो घटना ?

बेगमगन्जमा खिचिएको भिडिओमा देखिएका आक्रमणकारीहरूमध्ये एक जनालाई ती पीडित महिलालाई बलात्कार गरेको आरोप लागेको थियो।

गत वर्ष ती महिलालाई ती आरोपित व्यक्तिले बन्दुक देखाएर बारम्बार बलात्कार गरेको राष्ट्रिय मानवाधिकार आयोगले गरेको अनुसन्धानमा देकिएको ह्यूमन राईट्स वाचले जनाएको छ।

विरोध गरे वा भनेको नमाने उनलाई ती व्यक्तिले सामूहिक बलात्कार गर्ने धम्की दिने गरेको आयोगका अनुसन्धान निर्देशकले बताएका छन्।

ती महिलाका अनुसार आफूसँग गरिएको दुराचारको भिडिओ खिचेर उक्त व्यक्तिले एक महिनासम्म धम्की दिँदै पैसा दिन र यौन सम्पर्क गर्न दबाव दिएका थिए।

तर उनले उनीहरूले भनेको नमानेपछि भिडिओ सार्वजनिक भयो।

बाङ्ग्लादेशको दूरसञ्चार नियामक निकायले उक्त भिडिओलाई अनलाइन माध्यमबाट हटाउने निर्णय गरेको भए पनि त्यो व्यापक रूपमा फैलिएको थियो।

ती महिलाले आफ्नो जीवन तहसनहस भएको भन्दै आफ्ना छोराछोरीबारे आफू चिन्तित भएको स्थानीय सञ्चारमाध्यमलाई बताएकी थिइन्।

उक्त घटनामा संलग्न भएको आरोपमा केही व्यक्तिहरू पक्राउ परेका भए पनि प्रदर्शनकारीरहरूले देशमा हुने यौन आक्रमणलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने माग राखेका थिए।

बाङ्ग्लादेशमा बलात्कारका घटना कति ?

ऐन ओ सलिश केन्द्र नामक एउटा मानवाधिकारवादी संस्थाका अनुसार नौ महिनाको अवधिमा बाङ्ग्लादेशमा कम्तीमा ९७५ जना महिला बलात्कृत भएका थिए।

तीमध्ये २०० वटाभन्दा बढी घटना सामूहिक बलात्कारका हुन्।

पीडितमध्ये ४३ जनाको हत्या भएको र १२ जनाले आत्महत्या गरेको उसको तथ्याङ्क छ।

बलात्कारसम्बन्धी तथ्याङ्क प्रायः सञ्चारमाध्यममा प्रकाशित समाचारलाई आधार मानेर सङ्कलन गरिएकाले र धेरै घटना जानकारीमा नआउने भएकाले बाङ्गलादेशमा बलात्कारको वास्तविक सङ्ख्या धेरै भएको अनुमान गरिएको छ।

यो वर्षको आरम्भमा ढाकामा भएको घटनाविरुद्ध ठूलो प्रदर्शन भएपछि उच्च अदालतले कानुन मन्त्रालयलाई देशमा हुने यौन हिंसा नियन्त्रण गर्न निर्देशन दिएको थियो।

बाङ्ग्लादेशमा बलात्कारको मुद्दामा एक प्रतिशतभन्दा कम आरोपित मात्रै दोषी ठहर हुने गरेको ह्यूमन राईट्स वाचले जनाएको छ।
स्रोत : बीबीसी 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement