Advertisement
Advertisement
Advertisement
Advertisement

स्वास्थ्यकर्मी महिलामाथि मध्यरातमा डिउटी रहेका बेला हातपात

  |      12:15:00   |  
वेब तस्विर
वेब तस्विर

पुस १३, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं। ११ मा रहेको थुन्हिया स्वास्थ्य चौकीको वर्थिङ्ग सेन्टरमा कार्यरत अनमी उषा केसीमाथि हातपात भएको छ । रात्रीकालिन सिफ्टमा डिउटीमा रहेकी केसीको कुटपिटबाट बायाँ हात समेत भाँचिएको छ ।मंगलबार राती करिब ११ बजे स्थानीय मोहबुज मुसलमानले स्वास्थ्य चौकीको ढोका फोरेर आफूमाथि हातपात गरेको केसीले बताइन् ।

 

मुसलमानले आफूमाथि गलत नियतले व्यवहार गर्दै आएको भन्दै ३्/४ दिन अघि नै वडा अध्यक्ष रामेश्वर बर्मालाई जानकारी गराएको भए पनि वडा अध्यक्षले आफ्नो कुरा गम्भीर रुपमा नलिएका कारण यस्तो हिंसात्मक घटना घटाएको उनले बताइन् । अबेर राती ढोका ढक्ढकाएको आवाज आएपछि आफूले वडा अध्यक्षलाई फोन गरी खबर गरेको भए पनि करिब आधा घण्टापछि मात्रै स्थानीय र अध्यक्ष आएको उनले बताइन् ।

 

शिवराज नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले बुधबार प्रदर्शन गरेको विरोध जुलुस ।केसीलाई कुटपिट गरी फरार रहेका मुसलमानलाई थुन्हियाको बनढिहवाबाट पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । पीडित पक्षको जाहेरीका आधारमा कानून बमोजिम कारबाही गरिने वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । यता अनमी केसीमाथि भएको कुटपिटको विरोधमा शिवराज नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले बुधबार विरोध जनाएका छन् ।

 

कर्मचारीले वडा नं। ५ को सभाहलमा विरोधसभाको आयोजना गरी कर्मचारीहरुको सुरक्षाको ग्यारेन्टी हुनु पर्ने भन्दै पीडकलाई कानुन बमोजिम कारवाही हुनु पर्ने माग गरेका छन् । थुन्हिया स्वास्थ्य चौकीमा रहेको वर्थिङ्ग सेन्टर अर्को व्यवस्था नहुन्जेलसम्म बन्द रहने र सम्पूर्ण प्राविधीकलाई चनई स्वास्थ्य चौकीबाट सेवा प्रवाह गरिने शिवराज स्वास्थ्य शाखा प्रमुख विष्णु क्षेत्रीले बताए ।    महिला खबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement