Advertisement
Advertisement
Advertisement
Advertisement

बल्ल नागरिकता पाइन् ५५ वर्षिया गुनाकुमारीले

  |      11:26:00   |  
बल्ल नागरिकता पाइन् ५५ वर्षिया गुनाकुमारीले

असोज १७, बेँसीशहर । मध्यनेपाल नगरपालिका–५ समिभञ्याङकी एक महिलाले ५५ वर्षमा नागरिकता प्राप्त गर्नुभएको छ । सानैमा विवाह गर्नुभएकी गुनाकुमारी गुरुङले मङ्गलबार जिल्ला प्रशासन कार्यालयल मजुङबाट नेपाली नागरिकता लिनुभएको हो । 

दुई सन्तानकी आमा गुरुङ नागरिकताका लागि पटक–पटक जिल्ला प्रशासन कार्यालय धाउँदै आउनु भएको थियो । “बुबाले पटक–पटक नागरिकता बनाइदिन्छु भन्दा पनि पाउन सकेकी थिइनँ, आज बल्ल पाएँ”, उहाँले भन्नुभयो । उहाँको २०३८ सालमा विवाह भएको हो । विसं २०५३ देखि उहाँका श्रीमान वेपत्ता हुनुभएको थियो । “मसँग विवाह दर्ता र नागरिकता थिएन । मेरो त जिन्दगी सकियो । दुई छोरा छन् । उनीहरुको जिन्दगी मैले गर्दा अन्धकारमा बित्यो । आजदेखि छोराको भविष्यको ढोका खुल्यो,” नागरिकता प्राप्त गरेपछि गुरुङले भन्नुभयो । 

गुुरुङका जेठो छोरा २४ वर्ष तथा कान्छा छोरा २१ वर्षको हुनुहुन्छ । उनीहरुले नागरिकता नहुँदा केही गर्न सकेका थिएनन् । गुरुङका ८३ वर्षीय बुबा कुलबहादुर गुरुङ छोरीले नागरिकता पाएपछि औधी खुशी हुनुहुन्छ । बेलायती सेनाबाट सेवानिवृत्त उहाँले भन्नुभयो, “छोरी र नातिको पीर थियो, अब एकमुठ्ठी सास सजिलै जानेभयो ।” प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले गुरुङलाई नागरिकता प्रदान गर्नुभएको हो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement