Advertisement
Advertisement
Advertisement
Advertisement

अपराधसम्बन्धी दैनिक दुई हजार फोन

  |      13:40:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र ३१, काठमाडौं ।  उपत्यकामा कतै डाँका, चोरी, डकैती, दुर्घटनाजस्ता आपराधिक क्रियाकलाप त भएको छैन ? यदि भएको छ, भने तत्काल प्रहरीलाई खबर गर्नुहोस् । 

 

घटना भएको पाँचदेखि १० मिनेटमा प्रहरीको टोली घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउने प्रयास थालिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा यस्ता घटनासम्बन्धी दैनिक दुई हजार बढी फोन आउने गरेको छ । 

 

कार्यालयकाअनुसार उपत्यकामा हुने झै–झगडा, कुटपिट,चोरी, डकैती, जस्ताघटनाबारे जानकारी दिन यस्ता फोन आउने गरेको हो । झण्डै ६० लाख जनसङ्ख्या भएको उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरबाट महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेका २५ वटा फोन लाइनमा यस्ता गुनासा आउने गरेको छ । 

 

घटना हुने बित्तिकै जानकारी दिन कन्ट्रोल नं १०० को १८ लाइन, ‘फोर डिजीट’को ११७७० एक लाइन, मोबाइल ९८५१२८३८३५, ९८५१२८३०२६, ९८६०३१२२१० र ९८६०३१२१३ का चार लाइन, स्मार्ट फोन एक लाइन र टेलिफोन ०१–४२२८४३५ मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ ‘हाम्रो पुलिस’ मोबाइल एप्समासमेत सूचना आउने गरेको छ । 

 

कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक प्रद्युम्नकुमार कार्की पछिल्लो समय प्रहरीप्रति जनताको विश्वास बढेर गएको बताउछन् । “दैनिक दुई हजार कल महानगरीय कार्यालयमा मात्र आउने हो, त्यसका अलावा प्रवक्ता, परिसर प्रमुख, वृत्त प्रमुख र प्रभागका प्रमुखलाईसमेत फोन आउने गरेको छ,”–उनी भन्छन् । 

 

कार्यालयमा आउने फोनमध्ये झै–झगडा र दुर्घटनाका बढी छ । उपत्यकाका सबै परिसर, वृत्त, प्रभाग र इलाका प्रहरी कार्यालयमा आउने कल जोड्ने हो भने दैनिक तीन हजारभन्दा बढी हुन जाने र गोप्य राख्नुपर्ने सूचना भने प्रवक्ता र प्रहरी कार्यालयमा आउने गरेको प्रवक्ता कार्कीको भनाइ छ । 

 

कहिलेकाँही प्रहरीलाई दुःख दिने नियतले समेत विभिन्न घटना भएको भनेर ढाट्नेसमेत गरेको पाइएको र ढाट्ने व्यक्तिलाई समातेर कारवाही गरिएको कार्यालयले जनाएको छ । 

 

महानगरीय प्रहरी कार्यालयले उपत्यकाको शान्ति सुरक्षालाई मजबुत बनाउनका लागि पोशाकका प्रहरी, सादा पोशाकका प्रहरी, ठाउँठाउँमा सिआरबी भ्यान, क्यूआरटी भ्यान, मोटरसाइकल, साइकलसहितका प्रहरी खटाइएको छ । कार्यालयअन्तर्गत हाल ११ हजारभन्दा बढी प्रहरी कार्यरत छन् । 

 

कार्यालय मातहतमा हाल उपत्यकामा अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड, ट्राफिक प्रहरी महाशाखा, काठमाडौं, भक्तपुर, ललितपुरका महानगरीय प्रहरी परिसर, महानगरीय अपराध महाशाखा, मानव व्यवस्थापन महाशाखा, शान्ति सुरक्षा महाशाखा, विशेष सुरक्षा महाशाखा, नेपाल प्रहरी विद्यालय, पर्यटक प्रहरी र त्यसअन्तर्गतका विभिन्न वृत्त, प्रभाग, विट र इलाका प्रहरी कार्यालय सञ्चालनमा छन् । 

 

यस्तै ट्राफिक दुर्घटनासम्बन्धी जानकारी दिन महानगरीय ट्राफिक प्रहरी महाशाखामा छुट्टै लाइनको व्यवस्था गरिएको छ । उपत्यकाको जुनसुकै ठाउँमा दुर्घटना भए पनि १०३ हटलाइनमा खबर गरेपछि तत्काल ट्राफिक प्रहरी पुगेर घटनाबारे जानकारी लिन्छ । 

 

दैनिक बढ्दो सवारी जाम र दुर्घटनाबारे जानकारी लिनका लागि महाशाखामा १०३ नंको आठवटा हटलाइनको व्यवस्था गरिएको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त उपत्यकामा हुने सवारी चाप, दुर्घटना, टा्याक्सी ठगीलगायतको समस्या समाधानका लागि १०३ आम यात्रुका लागि सहयोगी भएको बताउछन् । यसैगरी उपत्यकाको ट्राफिक व्यवस्थापनबारे जानकारी लिन ट्राफिक एप्सको समेत व्यवस्था गरिएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement