Advertisement
Advertisement
Advertisement
Advertisement

दरबन्दीभन्दा न्यून स्वास्थ्यकर्मी

  |      13:01:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र २२, कैलाली ।  चौध चिकित्सकको दरबन्दी रहेको टीकापुर अस्पतालमा अहिले पाँच जनाले सेवा दिइरहेका छन् । दरबन्दी पूरा भए सल्यक्रिया, प्रसूति, हाडजोर्नी, दन्त, मनसिक, फिजियोथेरापी, रेडियोलोजीलगायतको उपचार यही सम्भब थियो तर अहिले चार मेडिकल अधिकृतक र एक दन्त चिकित्सकले मात्रै अस्पताल धानेका छन् । 

 

उक्त अस्पतालमा आठ परामर्शदाता, एक मेडिकल अधिकृतका साथै दुई स्वास्थ्य सहायक, एक÷एक स्टाफ नर्स र अनमीको पद रिक्त छ । एकाउन्न शय्याको उक्त अस्पतालका लागि विसं २०७२ मा नेपाल सरकार र कोरियन परियोजना कोइकाबीच सहमति भई निर्माण गरिएको भवनमा , शल्यक्रिया र एनआइसीयू कक्षका साथै अल्ट्रासाउण्ड, इण्डोसकोपीलगायत उपकरण थपिए पनि ती अहिले उपयोगबिहीन अवस्थामा छन् ।

 

 “विशेषज्ञ चिकित्सक नहुँदा सरकारको योजनाअनुसार गुणस्तरीय सेवा दिन नसकिएको र अस्पतालको क्षमता हँुदाहँुदै पनि बिरामीलाई अन्यत्र सिफारिस गर्नुपरेको छ”, उक्त अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा नरेन्द्र खनाल भन्छन्, “कोइकाले यहाँको आवश्यकता हेरी पूर्वाधार तयार गर्नुका साथै उपकरण समेत दियो तर सरकारले भनेअनुसारको जनशक्ति दिएन ।” उक्त अस्पतालको सेवामा सुधार भए कैलाली, पश्चिम बर्दिया र पश्चिम सुर्खेतका नागरिकले समेत गुणस्तरीय सेवा पाउँथे । 

 

जिल्ला अस्पताल सरहको टीकापुरमा जस्तै यो भन्दा तल्लो तहका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा पनि स्वास्थ्यकर्मीको अभाव छ । टीकापुरजस्तै प्रदेश ७ का स्वास्थ्य संस्थामा रिक्त स्थानमा स्वास्थ्यकर्मीको माग भए पनि स्वास्थ्य सेवा विभागले भने अनमी, अहेव, हेल्थअसिष्टेण्ट र स्टाफ नर्सलाई प्रदेश बाहिर सरुवा गरिदिएको छ । 

 

सात नं प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सूचना अधिकारी हेमराज खडकाका अनुसार स्वास्थ्य सेवाका तीन हजार १७७ कर्मचारीमध्ये ६३२ पद रिक्त छन् । त्यसैमा स्वास्थ्य सेवा विभागले ५८ स्टाफ नर्स, अहेव, अनमीलाई प्रदेश बाहिर सरुवा गरिदिएको छ भने १२ जना मात्र अन्य प्रदेशबाट सरुवा भई आएका छन् । 

 

“दरबन्दी नै कम छ, भएका दरबन्दी खाली छन् । यसैमा भएका स्वास्थ्यकर्मी बाहिर सरुवा गरिएकाले केही स्वास्थ्य चौकी अनमीबिहीन छन्”, स्वास्थ्य निर्देशक अवस्थी भन्छन्, “सरुवा नगर्न स्वास्थ्य सेवा विभागलाई र बाहिर जानेलाई तत्काल रमाना नदिन प्रदेश ७ का सबै उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई अनुरोध गरिसकेका छौँ ।” 

 

जिल्ला अस्पताल र स्थानीय तहका स्वास्थ्य संस्थामा मात्र होइन, प्रदेश ७ का जनतालाई स्वास्थ्य सेवा दिइरहेका उपक्षेत्रीय अस्पताल डडेल्धुरा, सेती अञ्चल अस्पताल धनगढी, महाकाली अञ्चल अस्पताल महेन्द्रनगर, पहाडी जिल्लाका अस्पतालमा पनि चिकित्सक र स्वास्थ्यकर्मीको अभाव छ । सात नं प्रदेशका २६ लाख नागरिकका लागि ७४ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि ४१ जनामात्र कार्यरत छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement