Advertisement
Advertisement
Advertisement
Advertisement

डेउडामार्फत् कञ्चनपुर घटनाको घोचपेच

  |      15:59:00   |  
वेब तस्विर
वेब तस्विर

‘को राम्रो को नराम्रो, तर्क चाँही अर्कै छ। 
पुलिसको दोष मात्र हो, घटना अर्कै छ ।

भाद्र २०, कैलाली ।  कञ्चनपुर घटनामा प्रहरीलाई देखावटी आरोप लगाइएको हो,घटनामा अर्कै पक्षको दोष छ । गौरा पर्वको अवसरमा मङ्गलबार स्थानीय वनदेवी मन्दिर परिसरमा गोलबन्द भएर खेलिएको डेउडा खेलमा सुरक्षा व्यवस्था फितलो भएकै कारण कञ्चनपुरमा बालिका बलात्कारको घटना भएको आरोपको खण्डन गर्दै डेउडाको भाकामा गीतेरु गीतकार बिर्खबहादुर सायरको समूहले गीत गाए । 

 

डेउडा खेल्न गोलबन्द भएकामध्ये अर्को समूहको नेतृत्व गरेका गीतेरु गीतकार नारद न्यौपानेले खेल आरम्भ गर्दै डेउडाको भाखामा प्रश्न तेस्र्याएपछि सायरको समूहले प्रतिउत्तर फर्काएको थियो । 

 

कञ्चनपुरमा भएको बालिका बलात्कारको घटनापछि देखिएको जनआक्रोस, सुरक्षा व्यवस्था र त्यसपछि प्रहरीले गरिरहेको अनुसन्धान प्रक्रियाको विषयलाई लिएर डेउडा खेलका सौकिन एक आपसमा घोचपेच र तिखो ब्यङ्ग गर्दै रमाइरहँदा दर्शकले पनि भरपुर आनन्द लिने अवसर पाएका थिए । 

 

गोलबन्द भई खेलिएको यो खेलका सहभागीमध्ये आधा सङ्ख्याका खेलाडीले नेपाल प्रहरीका प्रहरी जवानसमेत रहेका डेउडाका गीतेरु सायरले नेतृत्व गरेका समूहलाई साथ दिइरहदा सहभागी अन्यले अर्को समुहका गीतेरु न्यौपानेलाई साथ दिइरहेका थिए । 

 

खेलका सहभागीबीच दोहोरीको शैलीमा रोमाञ्चक प्रतिस्पर्धा चलिरहँदा दर्शकको भीड पनि थामिनसक्नु भएको थियो । सामाजिक विकृति विसंङ्गति र कूसाशन विरुद्ध डेउडाका माध्यमले तिखो ब्याङ्ग गर्दै समाजलाई सही बाटोमा डो¥याउन यस्ता डेउडा गीतले मद्दत पु¥याउने जानकार बताउछन् । 

 

‘सानी डाली घँघारुकी मसुरदानी। 
ठूम्के चरो बास। 
घँघारुको बोटमा सानो चराको बास 
‘म आए बाबाका घर मसुरदानी,नथियाकी आस। 
नाकमा पहेरिने नथुको आसमा बुवाको घर आए 

वनदेवी मन्दिर परिसरमा नै महिलाको छुट्टै समूहमा खेलिएको ठाडो भाखाको यो गीतले छोरीले माइतीप्रति गर्ने गरेको आशा एवं अपेक्षालाई दर्शाउने गरेको जानकार यादव जोशी बताउछन् । 

 

यो ठाडो भाखाको गीत महिला माझ सदियौंदेखि निकै लोकप्रिय छ । वर्षभरिमा एक पटक आफ्नो मौलिक गौरापर्व मनाउन यतिबेला प्रदेश नं ७ का गाउँ बस्ती यो पर्वमा खेलिने गीतको रौनकले छपक्क छोपिएका छन् । 

 

गौरा भित्र्याइएसँगै प्रदेश नं ७ का गौरा भित्र्याइने मन्दिर र गौरा घरमा गौरा सम्बन्धी डेउडा, चैत, धमारी जस्ता खेल खेल्नेको यतिबेला दिनहुँ घुइँचो लाग्ने गरेको छ । पौराणिक कालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउन गरिएको व्रतको फलस्वरुप पार्वतीको मनोकांक्षा पूरा भएकाले सोही बेलादेखि गौरा पर्व मनाउने गरिएको किंबदन्ती छ । 

 

यो पर्वले एक ठाउँमा भेला हुने अवसर प्रदान गरी आपसी सद्भाव सुदृढ गराउन मद्दत पुग्ने,ईष्ट कूलदेवता खुशी हुने विश्वास गरिन्छ । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement