Advertisement
Advertisement
Advertisement
Advertisement

प्रधानमन्त्री कप इन्डो–नेपाल भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको विजयी सुरुवात

  |      00:00:00   |  
इन्डो–नेपाल भलिबल प्रतियोगिता नेपालगन्ज रंगशालास्थित कर्बड हलमा
इन्डो–नेपाल भलिबल प्रतियोगिता नेपालगन्ज रंगशालास्थित कर्बड हलमा

काठमाडौं। प्रधानमन्त्री कप इन्डो–नेपाल भलिबल प्रतियोगिताको चौथो संस्करणमा सशस्त्र प्रहरीको एपीएफ क्लब र भारतीय रेल्वे टिम कलकत्ताले विजयी सुरुवात गरेका छन् । नेपालगन्ज रंगशालास्थित कर्बड हलमा शनिवार सुरु प्रतियोगितामा एपीएफले भारतको बर्षात एशोसीयसन क्लबलाई २५–१७, २५–५ र २५–६ को सोझो सेटमा हराएको छ । नेपाली राष्ट्रिय टिमका सरस्वती चौधरी, रेश्मा भण्डारीलगायतका चर्चित खेलाडीहरु रहेको एपीएफ सामु भारतीय टिमले निकै कमजोर प्रदर्शन गर्‍यो ।

 

भएको अर्को खेलमा रेल्वे टिम कलकत्ताले नेपाल प्रहरीलाई २५–१३, २५–१६ र २५–१४ को सोझो सेटमा निराश पार्‍यो । गत बर्षको विजेता रेल्वेका अगाडी नयॉ खेलाडीसहित नेपालगन्ज आएको नेपाल प्रहरी कमजोर देखियो । पराजित नेपाल पुलिस क्लबकी कप्तान कोपिला उप्रेती नयाँ खेलाडी सहितको टिम आएकाले तालमेल मिलाउन नसक्दा प्रदर्शन कमजोर भएको बताईन् । ‘पहिलो सेट राम्रो खेल्न सकेनौ । दोस्रो सेटमा लय पक्डिदैथियौं। तेस्रो सेट नयाँ खेलाडी नर्भस भइदिंदा हारियो,’ उनले भनिन् ।


रेल्वे टिमकी कप्तान आरुसी घोषले पीएम कपको सुरुवात आशा गरेझै राम्रोसंग भएको प्रतिक्रिया दिईन् । ‘हामी जित्नै आएको हो’ साविक बिजेता टिमकी उनले भनिन्–सकेसम्म राम्रो प्रदर्शन गरेर जित्ने हो । रेलवेकी प्रशिक्षक दिप्ती घोषले भने डिफेन्डिङ च्याम्पियन भए पनि आफूले नै जित्ने ग्यारेन्टी अहिल्यै गर्न नसकिने बताईन् । उनको टिममा प्रिती सिंह र अरुसी घोष भारतीय महिला भलिबल टोलीका सदस्य हुन् । प्रशिक्षक दिप्ती आफै पनि टोलीको पुर्वखेलाडी हुन ।


युवा तथा खेलकुद्मन्त्री दलजीत श्रीर्पालीले प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री कपले भलिबल खेलको स्तरउन्नती गर्न सघाएको बताएका छन् । उनले प्रधानमन्त्री कप संचालन गर्न आर्थिक समस्या नपर्ने गरी सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

 

नेपालका विभागिय तीन, भारतका दुई र स्थानीय मध्यपश्चिमक टिम गरी ६ टोलीले प्रतियोगितामा भाग लिदैछन् । गत बर्ष सहभागी रहेका न्यू डाइमण्ड क्लब र पोखरा भने यसपटक सहभागी छैनन । प्रतियोगिताको अवसरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर खेलाडी महेश क्षेत्रीलाई मन्त्री श्रीपालीले सम्मान पनि गरे । उनी प्रधानमन्त्री कपका सद्भावना दूत पनि हुन् । प्रतियोगिता फागुनको १८ गतेसम्म चल्ने आयोजक भलिबल संघका अध्यक्ष टीएस ठकुरीले बताए । लिगकम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख ११ हजार, दोस्रोले ५५ हजार रुपैयाँ, तेस्रोले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट रक्षक, उत्कृष्ट सर्भरलाई आर्कषक पुरस्कार प्रदान दगरिने ठकुरीले बताए । आजको  खेल रेल्वे टिम र स्थानीय मध्यपश्चिमबीच हुनेछ । त्यस्तै, अर्को खेल बर्षात एशोसियसन र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजकले जनाएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement