Advertisement
Advertisement
Advertisement
Advertisement

बाढीपीडितलाई सर्पदंशको त्रास

  |      12:40:00   |  
वेब तस्विर
वेब तस्विर
भाद्र १८, सुर्खेत ।  शनिबार पञ्चपुरी नगरपालिका–४ सुर्खेतकी आठ वर्षीया बालिका लक्ष्मी शाहीको सर्पको टोकाइबाट मृत्यु भयो । त्यस्तै गएको साउन महिनाको २२ गते पञ्चपुरी नगरपालिका– १० की १४ वर्षीय हरिकला उपाध्यायको सर्पकै टोकाइबाट मृत्यु भएको थियो ।
 
 
 दुवैको मृत्यु बेलैमा उपचार नपाएकै कारण भयो । पञ्चपुरीमा अहिले सर्पदंश आतङ्क बढेको छ । यो आतङ्कबाट बाढीपीडित नै बढी आजित छन् । सर्पबाट टोकिएका दुवै बालिकाले ज्यान गुमाएपछि बाढीपीडितलगायत सबै स्थानीय त्रसित छन् । 
 
 
विशेषतः वर्षा याममा एकातिर सर्पले टोक्ने डर अर्कोतिर त्यसले डसेमा सहजै उपचार पाउन नसकिने निराशा उनीहरूमा छाएको स्थानीय समाजसेवी खड्ग बाँसपानीले बताए । 
 
सर्पदंशको आतङ्क विसं २०७१ का बाढीपीडितलाई छ जसको त्रिपालमा लामखुट्टे, भ्यागुता र सर्प सजिलै पस्छन्”, उनले भने, “त्रिपालभित्र चार वर्षदेखि नारकीय जीवन बिताइरहेका उनीहरूको समस्या आजपर्यन्त समधान हुन सकेको छैन ।” गत साउन २२ गते सर्पको टोकाइबाट मृत्यु भएकी हरिकला बाढीपीडित परिवारकी भएको उनले बताए ।
 
सर्पदंशबाट मर्नुको प्रमुख कारण नजिकको स्वास्थ्य संस्थाबाट उपचार पाउन नसकेर नै हो । पञ्चपुरी नगरपालिकाको सालकोटमा पलाटे प्राथमिक स्वास्थ्य केन्द्र छ । सो केन्द्रले जटिल खालका र आकस्मिक उपचार सेवा दिनसक्ने अवस्थामा नरहेको उक्त स्वास्थ्य केन्द्रका प्रमुख डा सन्दिप महतले जानकारी दिए । 
 
 
“यहाँको ठूलो समस्या भनेको बत्ती नै हो”, डा महतले भने, “बत्ती नभएकै कारण फ्रिज, विभिन्न औषधि, भ्याक्सिन जस्ता महत्वपूर्ण औषधि राख्न सकिने अवस्था छैन । फ्रिज नभएकैले एन्टिस्नेक भ्याक्सिन उपलब्ध नभएको हो ।” सामान्यत केही काम सौर्य ऊर्जाबाट चलाउने र भिडियो एक्स–रे को तत्कालीन सेवा प्रवाहका लागि जेनेरेटर सञ्चालनमा ल्याउने गरेको उनको भनाइ छ । 
 
 
बराहताल तथा चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिका समेटिने गरी बनाइएको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा सर्वसुलभ स्वास्थ्य सेवा नहुँदा अहिले पनि त्यहाँका नागरिक मर्कामा छन् । यसबारे कुरा गर्दै पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले स्वास्थ्य केन्द्रबाट अपेक्षित सेवा प्रवाह नहुनुमा विद्युत् मुख्य कारण रहेको जानकारी दिए। 
 
 
“तीन स्थानीय सरकारी करीब एक लाख जनसङ्ख्या र सीमामा जोडिएका कैलाली, अछाम र दैलेखका केही बस्तीलाई यही स्वास्थ्य केन्द्रले सेवा पु¥याइरहेको छ”, प्रमुख थापाले भने, “विद्युत् अभावले नागरिकको आकस्मिक एवं जटिल खालको रोगको उपचार सेवा दिन सकिएको छैन ।” तत्काल प्रदेश सरकारसँग समन्वय गरेर २० बेडको अस्पताल बनाउन पहल भइरहेको उनको भनाइ छ ।  
 
 
यता जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख धीरजजंग शाहले तीन स्थानीय तह गरी १२ स्वास्थ्य चौकी, तीन सामुदायिक स्वास्थ्य संस्था र एक प्राथमिक स्वास्थ्य केन्द्रमा उपकरण भए पनि बत्तीको अभावले नागरिकले चाहेजस्तो उपचार सेवा पाउन नसकेकोे जनाए । पञ्चपुरी राजधानी वीरेन्द्रनगर सुर्खेतबाट ४७ किलोमिटर टाढा रहेकाले गम्भीर खालका बिरामीले सुर्खेत क्षेत्रीय अस्पतालमा नपुग्दै जीवन गुमाउनुपर्ने बाध्यता रहेको जनाइएको छ । 

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement