Advertisement
Advertisement
Advertisement
Advertisement

प्रेसमैत्री कानून बनाउन माग

  |      12:08:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र १४, बागलुङ ।  हालै लागू भएका मुलुकी फौजदारी र देवानी संहिता २०७४ को कतिपय प्रावधानले प्रेसको अधिकारलाई अंकुश लगाउने देखिएको भन्दै त्यसलाई सच्याउन  प्रेस जगत् र सरोकार भएका पक्षले माग गरेका छन् । 

 

नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले आयोजना गरेको ‘मुलुकी संहिता र अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्ने वक्ताले सो कुरामा जोड दिएका हुन् ।

 

कार्यक्रममा संविधानमै मौलिक हकका रुपमा व्यवस्था भएको सूचना र सञ्चारको हकको प्रतिकूल हुने गरी कानून बन्न नहुने नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषले बताए ।  उनले नयाँ कानूनले भय नभई आशङ्का जन्माएको भन्दै त्यसलाई संशोधन गरी प्रेसमैत्री बनाउन माग गरे ।  

 

उच्च अदालत बागलुङ बारका अध्यक्ष केशवराज पराजुलीले फौजदारी र देवानी संहिताले व्यक्तिको स्वतन्त्रतालाई महत्व दिएको बताए ।  उनले प्रेस जगत् आत्तिहाल्नु पर्ने अवस्था नभएको भन्दै प्रेस प्रतिकूल देखिएका प्रावधानलाई संशोधन गर्नुपर्ने उल्लेख गरे । “व्यक्तिको स्वतन्त्रता र गोपनीयतालाई कानूनले विशेष जोड दिएको छ”, उनले भने, “सार्वजनिक थलोमा प्रेसलाई कहीँकतै बाधा छैन ।” प्रेससम्बन्धी नयाँ बन्न लागेका सूचना र सञ्चारको हकलाई प्रेसमैत्री बनाउन राज्यलाई बेलैमा सुझाव दिनुपर्ने उनको भनाइ छ । 

 

नागरिक समाज बागलुङका संयोजक काजी गाउँले श्रेष्ठले आवश्यकताको आधारमा कानून संशोधन हुन सक्ने भन्दै प्रेसको अधिकारलाई राज्यले संरक्षण गर्नुपर्ने बताउनुभयो । पत्रकार प्रकाश बरालले कानूनमा उल्लेख गरिएका कतिपय व्यवस्थाले खोज पत्रकारिता गर्न जटिलता थप्न सक्ने विचार व्यक्त गरे । 

 

उनले सञ्चार जगत् पनि मर्यादित र राज्यप्रति उत्तरदायी बन्नुपर्ने उल्लेख गरे । मुलुकी अपराध संहिता ऐन र मुलुकी फौजदारी संहिता ऐनमा भएको राज्यविरुद्धको कसुरसम्बन्धी केही व्यवस्था, गोपनीयता र गाली बेइज्जतीसम्बन्धी प्रावधानले प्रेस स्वतन्त्रतामा अंकुश लाग्न सक्ने देखिएको भन्दै पत्रकार महासङ्घलगायतका प्रेससँग सम्बन्धित सङ्घसंस्थाले ती बुँदा संशोधन गर्न माग गर्दै आएका छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement