Advertisement
Advertisement
Advertisement
Advertisement

“मेरा छ वटी छोरी छन्, उनीहरु देशमा महिला राष्ट्रपति भएकामा खुशी व्यक्त गरिरहन्छन् ” : राष्ट्रकवि घिमिरे

  |      13:03:00   |  
वेब तस्विर
वेब तस्विर

असोज ७, काठमाडौं । “मेरा छ वटी छोरी छन्, उनीहरु देशमा महिला राष्ट्रपति भएकामा खुशी व्यक्त गरिरहन्छन् ।” सय वर्ष प्रवेशका अवसरमा जन्मदिनको शुभकामना दिन लैनचौरस्थित आफ्नो निवासमा आएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेले भने, “मेरो लागि यहाँसम्म कष्ट गर्नुभयो, म धन्य भएँ ।” 

 

शताब्दी जन्म वर्षका अवसरमा शान्तिपाठ र विशेष पूजासहित सहस्र चन्द्रदर्शन समारोहको तयारीमा रहेका राष्ट्रकवि घिमिरे आज बिहान पूजापाठ सकेर बिहान ८ः ३० बजेदेखि आफ्नी श्रीमती महाकाली घिमिरेसहित बैठककक्षमा राष्ट्रपतिको प्रतीक्षामा बस्नुभएको थियो । 

 

करीब १० मिनेटको भलाकुसारीमा उनीहरुबीच स्वास्थ्य स्थिति र आपसी कुराकानी भएको थियो । राष्ट्रपति भण्डारीले आफूले सय वर्ष पुगेका स्रष्टालाई यसरी शुभकामना दिन पाएको अनुभव हालसम्म नभएको सुनाउँदै उनलाई सुस्वास्थ्य, दीर्घायू र सिर्जनशील जीवनको शुभकामना दिईन् । 

 

निस्कने बेलामा राष्ट्रपतिले राष्ट्रकविले विभिन्न समयमा प्राप्त गर्नुभएको सम्मान तथा पुरस्कारका प्रमाणपत्र र ताम्रपत्र राखिएको कक्षको अवलोकन गरिन् । कोठाभरि मान्छेभन्दा अग्ला आकारका ताम्रपत्र र सम्मानपत्र सजाइएको थियो । साँघुरो त्यो कोठामा छविकार तस्वीर लिन तछाडमछाड गरिरहका थिए । औंपचारिक समारोह भन्दा फरक शैलीमा राष्ट्रकविलाई सम्मानभाव व्यक्त गर्न तथा जन्मदिनको शुभकामना दिन राष्ट्रपति भण्डारी घिमिरे निवास पुगेकी थिईन् । 

 

आफन्तजन, पाठका लागि आमन्त्रित पण्डित, सञ्चारकर्मी र सुरक्षाकर्मीकाका कारण घुइँचो देखिएको घिमिरे निवासमा राष्ट्रपतिलाई घिमिरेका छोराछोरीले स्वागत गरेका थिए । गत वर्षको ९९ औँ जन्मदिनमा राष्ट्रपति भण्डारीले आफ्ना प्रमुख स्वकीय सचिवलाई पठाई शुभकामना दिएकी थिइन् । 

 

लमजुङको मस्र्याङदी गाउँपालिका–६, पुस्तुन बाहुनडाँडामा विसं १९७६ असोज ७ गते जन्मनुभएका राष्ट्रकवि घिमिरेले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफूले जीवनमा कविता र सिर्जनालाई सँधै पहिलो प्राथमिकता दिँदै आएको बताए । 

 

परिवारका लागि भन्दा सिर्जना र देशका लागि आफ्नो जीवन व्यतित भएको र आफूलाई प्राप्त सम्मान एवं सद्भाव आफ्नो सम्पति भएको उनले बताए । राष्ट्रकवि घिमिरेले भने,“हामीले हाम्रो शरीर र इन्द्रियलाई अनावश्यकरुपमा चलाउनु हुँदैन । नचाहिने कुरा खाने र नचाहिने कुरा बोल्ने गर्नु हुँदैन । यो भगवानले दिएको शरीरलाई देश र समाजको हितमा प्रयोग गर्नुपर्छ ।” 

 

कुनै त्यस्तो इच्छा बाँकी छ, भन्ने जिज्ञासामा उनले आफ्नो प्रकाशोन्मुख महाकाव्य “ऋतम्भरा” का दुई सर्ग लेख्न बाँकी रहेको बताए । घिमिरेका ‘गौरी’ शोककाव्यसहित ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नर किन्नरी’ आदि कविता सङ्ग्रह प्रकाशित छन् । मस्र्याङ्दी वाड्यमय प्रतिष्ठानले यो वर्षभरी जन्मशताब्दी मनाउन उनका दम्पतीसहित रथारोहण र राष्ट्रियस्तरको अभिनन्दनलगायतका कार्यक्रम तय गरेको छ । रथारोहण कार्यक्रम यही असोज २१ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement