Advertisement
Advertisement
Advertisement
Advertisement

‘यौनजन्य हिंसा विरुद्धको साझा अभियान’ घोषणा

  |      10:54:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र ७, चितवन ।  यौनजन्य हिंसा रोक्न चितवनका विभिन्न सङ्घसंस्थाको पहलमा बुधबारदेखि ‘यौनजन्य हिंसा विरुद्धको साझा अभियान’ शुरु गरिएको छ । यौनजन्य हिंसाविरुद्ध समुदायलाई सचेत बनाउन अभियान थालिएको अभियानकी संयोजक मीना खरेलले जानकारी दिईन् । 

 

देशका विभिन्न जिल्लामा बलात्कारका अपराध बढेकाले समाजलाई सचेत बनाउँदै नीतिनिर्माण तहसम्मै घच्घच्याउन सामूहिक अभियान शुरु गरिएको उनकोे भनाइ थियो । चितवनमा पछिल्लो एक सातामै दुई बालिकालाई सामूहिक करणी गरेको घटना सार्वजनिक भएको छ । 

 

यस्ता घटना रोक्न जिल्लाका विभिन्न २५ भन्दा बढी सङ्घसंस्थाको सक्रियतामा उक्त अभियान थालिएको । अभियानअन्तर्गत गाउँगाउँमा पुगेर सचेत बनाउने, घटनाको तथ्याङ्क सङ्कलन गरिने, यौनजन्य हिंसा प्रभावितको अवस्था अध्ययन गरी लक्षित समुदायलाई नै जागरुक गराउने, न्यायमा पहुँच पु¥याउने, कानून कार्यान्वयनमा दबाब दिने, पीडकलाई कारवाहीको दायरामा ल्याइनेलगायत कार्यक्रम गरिनेछ । 

 

यस्ता घटनाको प्रतिकार गर्न सक्ने समुदाय निर्माण गर्ने र घटना न्यूनीकरणका उपाय खोजीका लागि जनप्रतिनिधिहरुसँग बसेर छलफल गर्नुका साथै विद्यालयमा पुगेरसमेत विद्यार्थी सचेतना कार्यक्रम चलाउनेसमेत अभियानको उद्देश्य रहेको कार्यक्रमकी सह–संयोजक सङ्गीता भट्टराईले बताईन्। हिंसामा परेकालाई आवश्यक सहयोग र कानूनी सहायताका लागि ‘हेल्प डेस्क’ नै स्थापना गरी न्यायालयसम्म पु¥याउने उनले जानकारी दिईन् । महिला बलात्कार हुनुमा मदिरा, लागुऔषध र सामाजिक सञ्जाल कारक रहेको भन्दै अभियन्ताहरुले यसतर्फ सचेत हुनुपर्नेमा जोड दिएका थिए । 

 

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा चालू आवमा मात्रै ११ वटा बलात्कारका घटना भएको छ । गएको वर्ष ६६ यस्ता मुद्दा दर्ता भएका थिए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement