Advertisement
Advertisement
Advertisement
Advertisement

‘बहिनीलाई बाघले खायो, उसका छोराछोरी बाघबाट कसरी जोगाउने भन्ने चिन्ता छ मलाई’

  |      10:54:00   |  
web image
web image

बैशाख २२, काठमाडौं । सरकारले वनजंगल किनाराका बस्तीहरुलाई जंगल नगइ कुनै काम गरेर आम्दानी हुने, घर खर्च चलाउने सक्ने वातावरण मिलाइ दिनुपर्‍यो । नत्र, हामीलाई बाघले सिध्याउँछ ।

२४ पुस २०७९ मा घास काटन गएको बेला बहिनी चाँदनी थारुको बाघको आक्रमणमा परेर मृत्यु भएको हो । बाँके जिल्लाको राप्तीसोनारी-६ फत्तेपुरमा जंगलसँगै जोडिएको गाउँमा बहिनीको कच्ची घर छ ।

उनका दुई नाबालक छोरा छोरी छन् । छोरा १० र छोरी ६ कक्षामा पढ्छन । उनीहरुको आफ्नो नाममा जग्गा जमिन छैन । ऐलानी जग्गामा बस्दै आएका छन् । ज्याला मजदुरी गरेरै उनीहरुले परिवार चलाउँदै आएका थिए ।

उनीहरुका तीन दाजुभाइ छन् । दाजुभाइ छुट्टाबन्डा भएको तीनरचार महिनामै बहिनीको बाघको आक्रमणमा परेर ज्यान गयो । उनीहरु घरमा बुवासँगै बस्दै आएका थिए । तर, आमा नहुँदा बहिनीका नाबालक छोरा छोरीको विचल्ली भएको छ ।

बच्चाहरुले आफूलाई लागेको कुरा आमालाई जस्तो सहजै बुवालाई भन्न सक्दैनन । बहिनीको छोरा आजै मेरो घरमा आएको थियो । स्कुल गयौ बाबु भनेर सोधेको गइन भन्यो, किन नगएको भनेर सोधेको झोला नभएर भन्यो । उसको कुरा सुन्दा मन खिन्न भयो । मलाई उनीहरुको पढाइ लेखाइ पालनपोषण कसरी होला भन्ने चिन्ता छ ।

मेरो आर्थिक अवस्था पनि कमजोर नै छ । मैले चाहेर पनि उनीहरुलाई सहयोग गर्न सक्ने अवस्था छैन । मैले सकेको सहयोग गर्दै आएकी छु । उनीहरुलाई मामाघरकी हजुरआमाले पनि सहयोग गर्दै आउनुभएको छ । आफ्नै बुवाले पनि सक्दो गरिरहनु भएको होला ।

कहिले काँही उनीहरुको घरमा जान्छु घर फोहरै फोहर हुन्छ । लिपपोत गरिदिन्छु । मिठो मसिनो पाक्दा बोलाएर खान दिन्छु । तर त्यतिले मात्रै उनीहरुको आवश्यकता पूरा हुँदैन ।

बाघले मारेर ज्यान गएपछि सरकारले १० लाख राहत दिएको छ । त्यो रकमले तत्कालका लागि केही राहत भएको छ । तर, सरकारले उनीहरुको पढाइ लेखाइ र रोजगारीका लागि विशेष व्यवस्था गरिदिनु पर्छ ।

त्यो राहत रकम बहिनीज्वाइँ सतिशरणले बैंकको मुद्दती खातामा राख्नुभएको छ । अहिले पनि ज्याला मजदुरी गरेर बहिनीज्वाइँ सतिशरणले बच्चाहरु हुर्काइरहनु भएको छ । अर्को बिहे पनि गर्नु भएको छैन । तर उहाँलाई ती नाबालक बच्चाहरुलाई राम्रोसँग लेखपढ गराएर हुर्काउन धेरै गाह्रो छ ।

उनीहरुको राम्रोसँग पढाइ लेखाइ भयो र कतै जागिर पाए भने बहिनी जस्तै उनका छोरा छोरीलाई वन जंगलमा निर्भर हुनु पर्दैन । उनीहरुलाई वन जंगल जान नपरोस भन्ने मेरो कामना छ ।

हामी गरीब तथा विपन्न परिवार वन जंगलमा धेरै आश्रित छौं । गाई बाख्रा चराउन, घाँस दाउरा लिन, पात टिप्न जंगल नगइ हुँदैन । बाघको आक्रमणबाट मेरी बहिनी चाँदनीसहित हाम्रै क्षेत्रका तीनरचार जनाको मृत्यु भएपछि मलाई त जंगल जान पनि धेरै डर लाग्छ ।

गाउँमा दर्जनबढी पशु चौपायामाथि पनि बाघ र चितुवाले आक्रमण गरेका छन् । बहिनीलाई मार्ने बाघलाई निकुञ्जका कर्मचारीहरुले समातेर लगेपछि डर केही कम भएको छ । सरकारले जंगल किनाराका बस्तीहरुमा जंगल नगइ अन्य कुनै काम गरेर आम्दानी हुने, घर खर्च चलाउने सक्ने वातावरण मिलाइ दिनुपर्‍यो । नत्र हामीलाई बाघले सिध्याउँछ ।

बाघको आक्रमणको घटना पछि वन, निकुञ्ज कार्यालयका कर्मचारी सिडियो एसपी, नेताहरु, पत्रकारहरु घरमा आएर हामीलाई सान्त्वना दिनुभयो । घटना पुरानो हुँदै गएपछि कोही फर्किएर आएका छैनन । आफूलाई परेको समस्या र मनमा लागेको कुरा पनि हामीले कसलाई भन्ने । हाम्रो समस्या हेरेर, हाम्रो कुरा सुनेर सहयोग र सान्त्वना दिने कोही भइदिओस् भन्ने लाग्छ ।

बहिनी कै जस्तो हाम्रो परिवार र छिमेकीहरुको बाघको आक्रमणमा परेर ज्यान जाने अवस्था नहोस भन्ने मेरो चाहाना छ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement