Advertisement
Advertisement
Advertisement
Advertisement

‘पूँजीमा महिला पहुँच विस्तार अपरिहार्य’

  |      16:25:00   |  
‘पूँजीमा महिला पहुँच विस्तार अपरिहार्य’

असोज १३, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घमा आबद्ध देशभरका महिला उद्यमी राजधानीमा भेला भएर पूँजीमा महिलाको पहुँच विस्तार तथा उद्यमशीलता प्रवद्र्धनमा केन्द्रित रहेर बहस र छलफल गरिरहेका छन् । 

महासङ्घको महिला उद्यमी विकास समितिले ललितपुरमा आज आयोजना गरेको महिला उद्यमीको प्रवद्र्धनसम्बन्धी एक दिवसीय गोष्ठीको शुभारम्भ गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला सशक्तीकरणका निम्ति वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

 

नेपालको संविधानले भेदभावरहित समतामूलक समाज निर्माणको परिकल्पना गरेको र संविधानका अन्य प्रावधानमा पनि नारी उत्थान एवम् सशक्तीकरणलाई जोड दिएको उहाँले बताउनुभयो । 

 

नेपाली नारी पुरुषसरह जस्तासुकै चुनौतीपूर्ण काम गर्न सक्षम छन् भन्दै मन्त्री थापाले अवसरको अभावमा उनीहरू पछाडि परेका तर अब त्यस्तो नहुने बताउनुभयो । साथै उहाँले पूँजीमा महिला पहुँच विस्तार अपरिहार्य भएको उल्लेख गर्नुभयो । 

 

महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महिला उद्यमशीलता विकास तथा उनीहरुको प्रवद्र्धनका लागि महासङ्घले निरन्तर प्रोत्साहन गरिहेको जानकारी दिँदै पूँजी र अवसर पाएमा विशाल परियोजना पनि महिलाले सहज ढङ्गले सञ्चालन गर्नसक्ने बताउनुभयो । 

 

उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठले महिला उद्यमीका लागि बेग्लै नीतिको व्यवस्था हुनुपर्ने माग गर्दै औद्योगिक नीति, २०६७ तथा औद्योगिक व्यवसाय ऐन, २०७३ मा महिला उद्यमीसम्बन्धी व्यवस्था भएको बताउनुभयो । संविधान र अन्य ऐन कानून महिलामैत्री भए पनि पूँजी प्राप्ति एवं स्वामित्वमा भने अझै ती अनुदार छन् भन्नुभयो । 

 

महिला उद्यमीले झेल्नु परेका समस्या, उनीहरुको प्रवद्र्धनका लागि हुनुपर्ने व्यवस्था, कर प्रशासन, ब्याङ्किङ प्रणालीका विद्यमान प्रावधान, उद्योग–वाणिज्यसँग सम्बन्धित ऐनकानूनबारेमा छलफल हुने गोष्ठीमा ७७ वटा जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य सङ्घ, १०० वटा वस्तुगत सङ्घका महिला उद्यमी सहभागी छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement