Advertisement
Advertisement
Advertisement
Advertisement

‘कासमु’मा सयमा सय ल्याए भनेर खुसी हुनु भन्दा प्रशासन सुधार्नु राम्रो : पाण्डे

  |      16:18:00   |  
web imege
web imege

पुस १३, काठमाडौं ।  गाउँपालिका महासंघ नेपालकी अध्यक्ष लक्ष्मी पाण्डेले कर्मचारीको कार्यसम्पादन मूल्यांकनमा सयमा सय नम्बर कसरी आउँछ भन्दै प्रश्न गरेकी छन् ।

कर्मचारीले ‘कासमु’मा सयमा सय ल्याए भनेर खुसी भएर बस्नुभन्दा प्रशासन सुधार्नुपर्ने उनको भनाइ थियो।

प्रशासन पनि यसरी चल्छ त, सयमा सय नम्बर आउने ? कार्य सम्पादन मूल्यांकन भर्ने सबैको सयमा सय नम्बर आउने पनि हुन्छ त ? यसरी पनि प्रशासन चल्छ त ?’ पाण्डेको भनिन्, ‘सय नम्बर दिएकै कारण प्रशासन राम्रै छ भनेर गफ दिएर बस्दाखेरी सधैंभरि बलियो हुन्छ त ?’

पहुँच भएको कर्मचारी नीति बनाउने ठाउँमा घुमाउन सक्ने, पहुँच नभएको कर्मचारीले लोकसेवाको गर्व गर्न नपाउने ? भन्दै पाण्डेले प्रश्न गरिन् । कर्मचारीबीच समन्यायिक व्यवस्था हुनुपर्छ भनेर आफूहरु लागेको र यी कुरा पनि कार्यविस्तृतीकरण परिमार्जनमा राखिएको पाण्डेले बताइन् ।

नीति नेतृत्वले बनाउँछ, कहाँनेर फेल भयो हामीलाई थाहै भएन भनेर नेताहरुले भन्दा आफूहरुलाई लाज लाग्ने गरेको पाण्डेको भनाइ थियो । त्यही कुरालाई आफूहरुले सुधार्न चाहेको पाण्डेले बताइन् ।
१२ कक्षासम्म हामी छौं, त्यसपछि विद्यार्थी कसले रोक्ने हो ?

१२ कक्षासम्म स्थानीय सरकारले रोकेको विद्यार्थी त्यसपछि कसले रोक्ने हो भन्दै अध्यक्ष पाण्डेले प्रश्न गरेकी छन् । हेटौंडामा शुक्रबार कार्यविस्तृतीकरण परिमार्जनसम्बन्धी कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले आफैं क्यालेन्डरमा चल्न नसक्ने विश्वविद्यालयले पनि विद्यार्थीबारे सोच्न नसकेको बताइन् ।

‘१२ कक्षापछि विद्यार्थी राक्ने कसले हो ? विश्वविद्यालयको कुरै नगर्ने । विश्वविद्यालय कस्तो हुनुपर्ने भन्न चासो हुनुपर्दैन रु त्रिभुवन विश्वविद्यालय नै क्यालेन्डरमा हिँड्न सक्दैन । नतिजा प्रकाशन समयमै गर्न सक्दैन,’ सातै मुख्यमन्त्री र सचिवहरुलाई अगाडि राखेर पाण्डेले भनिन्, ‘हामीले त कम्तिमा १२ कक्षासम्म क्यालेन्डरमा हिँड्ने वातावरण बनाएका छौं ।’

शिक्षा क्षेत्रलाई अझै बलियो बनाउन स्थानीय सरकारलाई अधिकार चाहिएको पाण्डेले बताइन् । ‘दरबन्दी माथि नै खुम्च्याएर निशुल्क पढाउ भनेरमात्रै हुँदैन,’ पाण्डेले भनिन् । पाण्डेले शिक्षा क्षेत्र सुधार्ने गरी ऐन आउन भनेको उल्टो अधिकार खोस्ने गरी विद्यालय शिक्षा ऐन भनेर आउन लागेको भन्दै आपत्ति जनाइन् ।

संघको सरकार हिजोजस्तै केन्द्रिकृत बन्न नहुने उनको भनाइ थियो । ‘वित्तीय संघीयता कुण्ठित भएको छ । स्थानीय तहमात्रै कराएर सक्दैनौं, संघसँगको वितरणलाई फराकिलो बनाउन प्रदेश र स्थानीय सरकार बलियो हुन जरुरी छ,’ पाण्डेको आग्रह थियो ।साभार अनलाइनखबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement