Advertisement
Advertisement
Advertisement
Advertisement

८० वर्षीया वृद्धा तीन वर्षदेखि न्यायको खोजीमा

  |      11:14:00   |  
वेब तस्विर
वेब तस्विर

भाद्र २५, तनहुँ ।  तनहुँको म्याग्दे गाउँपालिका–१ की ८० वर्षीया एक वृद्धा तीन वर्षदेखि न्यायको पर्खाइमा छिन् । २०७२ साल कात्तिक २३ गते बिहान घरमै बस्दा छिमेकी ५२ वर्षीय मोहनबहादुर विकबाट बलात्कारमा परेकी उनले हालसम्म पनि न्याय पाएकी छैनन् । 

 

आफूलाई बलात्कार गर्ने विकलाई कानूनी कारवाहीको माग गर्दै उनले प्रहरीमा जाहेरी दिएपनि प्रहरीले भने अहिलेसम्म अभियुक्तलाई पक्राउ गर्न सकेको छैन । अब त आफू बाँच्दा नै अपराधीलाई कारवाही भएको देख्न पाउने आशा मरिसकेको उनले बताईन् । घरमा कोही नभएको मौका पारी रक्सीले मातेर आएका विकले ती वृद्धालाई बलात्कार गरेर भागेको स्थानीयवासी बताउँछन् । 

 

जबर्जस्ती बलात्कार गर्दागर्दै वृद्धाले हारगुहार गर्न थालेपछि विक भागेका थिए । उक्त घटनाका बारेमा प्रहरीलाई तत्कालै जानकारी गराउँदा पनि अभियुक्त विकलाई पक्राउ गर्न प्रहरी असफल भयो । 

 

पीडित वृद्धाको सोही दिन दमौली अस्पतालमा ल्याई स्वास्थ्य परीक्षण गर्दा बलात्कार भएको पुष्टि भएको थियो । स्थानीयले तत्काल प्रहरीलाई खबर गरी केही अनुसन्धानका प्रक्रिया अगाडि बढेका भए पनि अहिलेसम्म दोषी फरार रहेकाले कुनै फैसला हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । उनले घटनाबारे सम्पूर्ण अनुसन्धान सकेर फरार अभियुक्तका रुपमा जिल्ला अदालतमा पेश गरिएको जानकारी दिए । 

 

म्याग्दे गाउँपालिकाको बाराही महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष महाकाली खनालले प्रहरीले गम्भीर भएर अनुसन्धान गरेको भए अभियुक्त तत्कालीन समयमै पक्राउ पर्नसक्ने बताए । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement