Advertisement
Advertisement
Advertisement
Advertisement

७ फिट ३ इन्चकी झाङले महिला बास्केटबल विश्वकपमा मच्चाइन् चर्चा

  |      11:51:00   |  
web image
web image

भदौ २२, काठमाडौं । चीनकी १९ वर्षीया बास्केटबल खेलाडी झाङ जियुले महिला बास्केटबल विश्वकपमा डेब्यु गरेसँगै विश्वभर चर्चा बटुलेकी छन्।

करिब ७ फिट ३ इन्च (२.२१ मिटर) अग्ली झाङले शुक्रबार अमेरिकाविरुद्धको खेलबाट विश्वकपमा डेब्यु गरेकी हुन्। खेलमा चीन अमेरिकासँग ९४–६१ ले पराजित भए पनि झाङले आफ्नो शारीरिक उपस्थितिसँगै अमेरिकी टोलीलाई चुनौती दिइन्।

झाङले १८ मिनेट कोर्टमा बिताउँदै १३ अंक जोडिन्, जसमध्ये ९ अंक फ्रि–थ्रोबाट आएको थियो। उनको उचाइका कारण अमेरिकी टोलीले बास्केटनजिक उनको प्रभाव रोक्न विशेष रणनीति अपनाएको थियो।

अमेरिकी प्रशिक्षक कारा लसनले झाङलाई बास्केटनजिक बल पाएपछि रोक्न कठिन हुने बताउँदै उनको भविष्यमा ठूलो सम्भावना रहेको उल्लेख गरेकी छन्। उनका अनुसार यति कम उमेरमै विश्वकपमा शीर्ष खेलाडीविरुद्ध खेल्नु झाङको विकासका लागि महत्वपूर्ण अनुभव हो।

झाङका लागि विशेष प्रशिक्षण व्यवस्था समेत गरिएको छ। उनको शारीरिक बनोटलाई ध्यानमा राख्दै टोलीका अन्य खेलाडीभन्दा फरक अभ्यास र वार्मअप कार्यक्रम तयार गरिएको चिनियाँ प्रशिक्षक गोङ लुमिङले बताएका छन्।

झाङले गत वर्ष महिला एसिया कपमा चीनको सिनियर टोलीबाट डेब्यु गरेकी थिइन्। उक्त प्रतियोगितामा उनले औसत १४।८ अंक र ५।५ रिबाउन्ड गरेकी थिइन्। उनका दुवै अभिभावक पनि बास्केटबल खेलाडी रहेका र आमाकै प्रेरणाबाट उनले यो खेल सुरु गरेको एपीले जनाएको छ।

महिला बास्केटबल विश्वकपमा उनको पहिलो खेलले भने चीनलाई नयाँ सम्भावनायुक्त खेलाडी थपिएको संकेत गरेको छ। चीनले प्रतियोगिताको अर्को खेलमा चेक गणतन्त्रसँग प्रतिस्पर्धा गर्नेछ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement