कात्तिक १७, काठमाडौं। विराटनगरमा ६ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका-१२ की नाबालिकालाई करणी गरेको आरोपमा सोही वडाका ३८ वर्षीय साजन कामतलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका कामत इलेक्ट्रिसियन हुन् ।
नाबालिकाले छिमेकीलाई सुनाएपछि कार्तिक १४ गते प्रहरीसम्म पुगेको थियो । जाहेरीपछि आरोपीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।