पुस ३०, काठमाडौं ।नेपालगन्ज नेपालगञ्ज उपमहानगरपालिका २० मदनापुरका ६ महिनादेखि बेपत्ता दुई बालकको भारतमा उद्दार गरिएको छ । १४ वर्षीय निशान्त गिरी र १५ वर्षीय कालु बिकलाई शान्ति पुनस्र्थापना गृह कपिलवस्तुका प्रतिनिधि भूमीराज भट्टराई नेतृत्वको टोलीले गत बुधबार देहरादुनबाट उद्धार गरी नेपालगञ्ज २० का वडाअध्यक्ष कृष्ण कार्कीको रोहवरमा शनिबार परिवारको जिम्मा लगाएको हो।गिरीलाई आमा काली गिरी र विकलाई हजुरआमा मनकला सार्कीले बुझेका छन्।उनीहरु साउनमा रुपैडीयाहुँदै सिमलामा पत्थर कुट्ने काममा संलग्न भएका उनीहरुलाई बाल गृह हरिद्वारले उद्धार गरेर राखेको थियो।उद्दारकर्ता भट्टराईले अन्य नेपाली बालकसमेत देहरादुनमा जोखिमपूर्ण काम गरिरहेकाले थप अध्ययन गरेर उद्दार गरिने जानकारी दिए।
अन्नपुर्ण खबर