Advertisement
Advertisement
Advertisement
Advertisement

५ जीवन बीमा कम्पनीको मात्रै नयाँ व्यवसाय बढ्यो, बृद्धिदरमा आइएमई लाइफ अब्बल

  |      15:04:00   |  
५ जीवन बीमा कम्पनीको मात्रै नयाँ व्यवसाय बढ्यो, बृद्धिदरमा आइएमई लाइफ अब्बल

मंसिर १५, काठमाडौं । चालू आर्थिक वर्ष २०८०र ०८१ को चार महिनासम्ममा पाँच जीवन बीमा कम्पनीको नयाँ व्यवसायमा मात्रै बृद्धिदर देखिएको छ ।

१४ वटा जीवन बीमा कम्पनीमध्ये पाँच वटा कम्पनीले मात्रै उक्त अवधिमा गत वर्षको तुलनामा नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन बढाएका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार कात्तिक मसान्तसम्ममा नेपाल लाइफ, आइएमई लाइफ, नेशनल लाइफ, राष्ट्रिय जीवन बीमा कम्पनी र मेट लाइफ इन्स्योरेन्सले मात्रै प्रथम बीमा शुल्क आर्जन बढाएका छन् । 

सार्वजनिक तथ्यांक अनुसार बाँकी नौ ओटा जीवन बीमा कम्पनीको भने नयाँ व्यवसाय गत वर्षको तुलनामा खस्किएको छ । गत वर्षको तुलनामा यस वर्ष देशको समग्र अर्थतन्त्र सन्तुलनमा जाँदै गर्दा पनि नौ वटा जीवन बीमा कम्पनीले नयाँ व्यवसाय बढाउन सकेका छैनन् । 

कात्तिक मसान्तसम्म १४ वटा जीवन बीमा कम्पनीले नयाँ व्यवसायमार्फत ८ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।यो बीमा शुल्क गत वर्षको तुलनामा ५.४१ प्रतिशतले कमी हो ।

गत वर्षको यसै अवधिसम्म जीवन बीमा कम्पनीले नयाँ व्यवसायमार्फत् ९ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । 

चालू आवको चार महिनामा सबैभन्दा बढी प्रथम बीमा शुल्क आर्जन नेपाल लाइफले गरेको छ । कम्पनीले २ अर्ब ११ करोड रुपैयाँ नयाँ व्यवसायमार्फत भित्र्याएको छ ।

त्यस्तै, दोस्रोमा नेशनल लाइफले १ अर्ब २५ करोड र एलआईसी नेपालले ६७ करोड ६४ लाख र हिमालयन लाइफले ६२ करोड ६३ लाख रुपैयाँ आर्जन गरेको छ । 

यसका साथै सूर्यज्योति लाइफले ६२ करोड ४६ लाख, सिटिजन लाइफले ४८ करोड ६५ लाख, एसियन लाइफले ४२ करोड ६२ लाख, सानिमा रिलायन्स लाइफले ४० करोड ४२ लाख, आइएमई लाइफले ४० करोड ८ लाख, सन नेपाल लाइफले ३९ करोड १४ लाख रुपैयाँ आर्जन गरेको छ ।

त्यसैगरी, रिलायबल नेपाल लाइफले ३८ करोड ५८ लाख, मेट लाइफले ३८ करोड १७ लाख, प्रभु महालक्ष्मीले २६ करोड ७९ लाख र राष्ट्रिय जीवन बीमा कम्पनीले १८ करोड ३४ लाख रुपैयाँ नयाँ व्यवसायमार्फत बीमा शुल्क आर्जन गरेका छन् । 

नयाँ व्यवसाय भित्र्याउन आइएमई लाइफ अब्बल 
आइएमई लाइफ इन्स्योरेन्सले यस आर्थिक वर्ष सुरु भएलगत्तै आफ्नो नयाँ व्यवसाय बढाउँदै लगिरहेको छ । अन्य कम्पनीको प्रथम बीमा शुल्क आर्जन घटेपनि कम्पनीले नयाँ व्यवसाय बढाएर कुल बीमा शुल्क आर्जन नै बढाउँदै ल्याइरहेको छ । 

 

चालू आवको चार महिनामा नयाँ व्यवसाय बढाउनेमा आइएमई लाइफ पहिलो नम्बरमा छ । गत वर्षको तुलनामा कम्पनीले सर्वाधिक २८.१५ प्रतिशतले नयाँ व्यवसाय बढाएको छ । 

त्यस्तै, दोस्रोमा नेपाल लाइफले १९.२० प्रतिशतले नयाँ व्यवसाय बढाएको छ भने नेशनल लाइफले पनि १६.१४ प्रतिशतले व्यवसाय बढाएको छ । यसका साथै राष्ट्रिय जीवन बीमा कम्पनीले ६.९५ प्रतिशतले बढाउँदा मेट लाइफले १.४९ प्रतिशतले बढाएको छ । 
 

सन नेपाल र सूर्यज्योतिको सर्वाधिक घट्यो 
गत वर्षको तुलनामा यस वर्षको चार महिनासम्ममा नौ जीवन बीमा कम्पनीको नयाँ व्यवसाय खस्किएको छ । सर्वाधिक व्यवसाय घट्नेमा सन नेपाल लाइफ छ ।

कम्पनीले वैदेशिक रोजगार बीमालेखमार्फत उत्कृष्ट बीमा शुल्क भित्र्याएपनि कात्तिक मसान्तसम्ममा नयाँ व्यवसाय भने ४३.१४ प्रतिशतले खस्किएको छ ।

त्यस्तै, साविक सूर्या लाइफ र ज्योति लाइफ मर्ज भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्समा पनि मर्जरको सिनर्जी देखिएको छैन । मर्जरपश्चात् कम्पनीको नयाँ व्यवसाय झनै खुम्चिँदै गइरहेको छ ।

कात्तिक महिनासम्म कम्पनीको प्रथम बीमा शुल्क आर्जन गत वर्षको तुलनामा ३३.९५ प्रतिशतले घटेको छ । 

यसका साथै सानिमा रिलायन्स लाइफको २१.०८ प्रतिशत, सिटिजन लाइफको १९.१७ प्रतिशत, रिलायबल नेपाल लाइफको १७.३० प्रतिशत, प्रभु महालक्ष्मीको १६.७६ प्रतिशत, एसियन लाइफको ४.७४ प्रतिशत र एलआइसी नेपालको ०.४० प्रतिशतले नयाँ व्यवसाय खस्किएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement