कात्तिक ३, सल्यान । ४२ वर्षीया श्रीमती हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कुमाख गाउँपालिका - ५ तिमिले बस्ने ४७ वर्षीय कबिराम खड्का रहेका छन् ।जिल्ला प्रहरी कार्यालय सल्यान र ईलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीलेउनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
घरायसी विवादको कारण मादक पदार्थ सेवन गरी कबिरामले आफ्नै श्रीमतीलाई धारिलो हतियार (बसुलो) प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान प्रहरीले जनाएको छ ।