साउन ९,काठमाडौं । घरेलु कामदारका रुपमा मध्यपूर्वी मुलुक जोर्डनमा कार्यरत दुई नेपाली युवतीको शव गाडिएको अवस्थामा फेला पारी उत्खनन गरी स्थानीय अदालतको आदेशमा दुवै शवको अवशेष सोमबार नेपाल पठाइएको छ ।
३७ वर्षीया लीलामाया लिम्बू राजधानी अम्मानमा कार्यरत तेह्रथुम घर भएकी र सिन्धुपाल्चोककी २२ वर्षीया सुस्मिता तामाङको गत वर्ष असोजरकात्तिकमा निधन भएपनि तिनको शव घरफिर्ती हुन सकिरहेको थिएन । यसबारे जानकारी पाएर जोर्डनको कूटनीतिक मामला हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासले ताकेता गर्दै आएको भएपनि गत वर्ष माघ ४, २०७९ मा दुवै जनाको शव गाडिएको अर्को सूचना आएको थियो ।
सम्बद्ध परिवार र कूटनीतिक नियोगलाई समेत जानकारी नदिइ शव गाडिएको सूचना पाएपछि यहाँबाट जोर्डनको परराष्ट्र मन्त्रालयमार्फत आपत्ती जनाउँदै पत्राचार भएको थियो,’ कायरोस्थित नेपाली राजदूत सुशील लम्सालले कान्तिपुरसँग फोनमा भने, ‘आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउन गत जेठ १९ मा अम्मान पुगेका बेला जोर्डनका नरेश अब्दुल्लाहलाई पनि यो घटनाबारे अवगत गराउँदै शव फिर्ता र अन्तिम संस्कारमा सहयोग पुर्याउन अनुरोध गरेको थिएँ । यही प्रक्रियामा गत शनिबार शव उत्खनन गर्दै प्राप्त अवशेष सोमबार काठमाडौं पठाइएको हो ।’
यी दुवैको मृत्यु भने कारणमा आत्महत्या भनेर स्थानीय प्रहरी कार्यालय र अदालतले दिएको छ । यी दुवै जनाको शव गत वर्ष माघ ४ मा अम्मानस्थित इस्मालिक शव दफनगृहमा पुरिएको सूचना कायरो दूतावासले पाएको थियो । आत्महत्या कारण भनेपछि यसमा आवश्यक क्षतिपूर्तिको प्रक्रिया अघि बढाउन मुस्किल हुने खाडी तथा मध्यपूर्वी मुलुकहरुमा नियम रहिआएको छ । तर, अलग—अलग घरमा आत्महत्या गरेको अवस्था र घटनाको ५ महिनापछि शव गाडिएको स्थितिका बारेमा प्रहरी अनुसन्धान तथा अदालती फैसलामा पनि केही उल्लेख गरिएको छैन । दुईमध्ये लीलामायााले गत वर्ष असोज ८ ९२४ सेप्टेम्बर २०२२० र कात्तिक २१९७ नवेम्भर, २०२२०मा घाँटीमा पासो लगाएर आत्महत्या गरेको प्रहरी रिपोर्टमा उल्लेख छ ।
‘
सुस्मिता जोर्डन गएको १६ महिना मात्रै भएको थियो, गत वर्ष मंसिरमा बहिनीको मृत्यु भएको थाहा पाएका थियौं,’ सुस्मिताका दाजुले भने, ‘आज बहिनीको शवको अवशेष मात्रै बुझेका छौं, उताबाट पाइने क्षतीपूर्तिबारे कुनै जानकारी छैन ।’ उनका अनुसार, बहिनीलाई जोर्डन पठाउने युरोक्रस म्यानपावरले पनि अन्तिम संस्कारको खर्चका लागि १ लाख रुपैयाँ दिएको छ ।
तर, लीलामाया लिम्बूका आफन्तका अनुसार भने उनीहरुले कतैबाट केही सहयोग पाएका छैनन् । उनी भने माउन्टेन ग्रुप म्यानपावरबाट जोर्डन गएकी थिइन् । दुई छोरा र एक नाबालक छोरीलाई छाडेर लीलामाया ५ वर्षअघि जोर्डन रोजगारीमा पुगेकी थिइन् ।
वैशाख १६ काठमाडौं । नेपालमा एक वर्षमा १६ हजार बढी घरेलु हिंसा भएको पाइएको छ । एमनेस्टी...
वैशाख १५ काठमाडौं । स्टोरीको सुरूआत पछिल्लो दुई सातामा भएका तीन वटा घटनाबाट गरौं। पहिलो घटना...
३ वैशाख काठमाडौं । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उर्लावारी नगरपालिका-८...
चैत २६ काठमाडौं । दुई वर्षअघि काठमाडौं नजिकैको जिल्लाबाट खबर आयो– ‘१२ वर्षकी किशोरीलाई...
चैत २५ काठमाडौं । संखुवासभा र कैलालीमा दुई जना किशोरीमाथि जबरजस्ती करणी भएको छ । प्रहरीले यस...
चैत २२ काठमाडौं । झापामा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। हल्दीबारी ग...
चैत २२ काठमाडौं । दाङमा बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सल्यानको...
चैत २१ काठमाडौं । सशस्त्र द्वन्द्वकालमा बलात्कारबाट जन्मेका उनका २० वर्षीय छोराको मानसिक...
चैत १८ काठमाडौं । जलेश्वरमा ३ वर्षीया बालिका आफन्तबाटै बलात्कृत भएकी छिन् । जलेश्वर...