कात्तिक २१, काठमाडौं।बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट एकजना युवकलाई पक्राउ गरेको छ ।
२८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मायादेवी गाउँपालिका–२ अभिराव बस्ने २० वर्षीय जोगिन्द्र पासीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
पासीले ती महिलालई जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।