Advertisement
Advertisement
Advertisement
Advertisement

२१ वर्षीया शिक्षा राई घरैमा मृत फेला परेको घटनामा प्रहरीले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी लिन अस्वीकार गरेको गुनासो

  |      17:18:00   |  
symbolic image
symbolic image

भदौ १३, भखोटाङ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित तल्लो चिचिङ्गाकी २१ वर्षीया शिक्षा राई घरैमा मृत फेला परेको घटनामा प्रहरीले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी लिन अस्वीकार गरेको गुनासो बढेको छ । दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका–३ बाम्राङ निवासी उनले वर्ष दिनअघि चिचिङ्गाका मनकुमार राईसँग प्रेम विवाह गरेकी थिइन् । उनको मृत्युमा अस्वभाविक भएको भन्दै माइती पक्षले  जिल्ला प्रहरी कार्यालयमा ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिँदा लिन अस्वीकार गरेको गुनासो बढेको हो । 

शिक्षा भदौ ७ गते राति आफ्नै घरमा मृत फेला परेकी थिइन् । सुरुमा कटहरको रुखमा झुण्डिएको भनेर घरपट्टिबाट खबर आएकाले घटनास्थल पुग्दा घरको बरन्डाको कोठामा झुण्डिएको भनिएको, प्रहरी नपुग्दै डोरीबाट शव निकालेर राखिएको, माइती पक्ष नपुग्दै मुचुल्का उठाइएको, मृतकले करिब सात फिट अग्लो बरन्डामा आफैँ डोरी झुण्ड्याउन नभेट्ने तथा डोरी झुन्ड्याउन केही पनि सामान प्रयोग नगरेको पाइएको, डोरीको पासो पनि सुर्के लाग्ने अवस्थामा नभएको, मृतकको नाक र मुखमा रगत बगिरहेको, दाहिने कोखा र देब्रे हातमा निलडामका साथै कोतारिएको देखिएकाले   आत्महत्या नभई हत्या भएको पीडित पक्षको जिकिर छ ।

भोलिपल्ट जिल्ला अस्पतालमा शव परीक्षण पछि ९ गते मृतकका काका ज्ञानबहादुर राईले ज्वाइँ मनकुमारविरुद्ध जाहेरी दिँदा दुई पटकसम्म अस्वीकार गरेको र तेस्रोपटक आत्महत्या दुरुत्साहन सम्बन्धी उजुरी दिएर फर्कनुपरेको ठूलो बाबु बयानसिं राईले बताए । उजुरी परेसँगै आरोपीलाई प्रहरीले भदौ ९ गते पक्राउ गरेको जनाइएको छ ।

आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा उजुरी दिएर फर्किएका माइतीपक्ष मृतकको शारीरिक अवस्था र घटना प्रकृतिका आधारमा पुनः भदौ १० गते ठूली आमा पार्वती राईको नामबाट ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिन लाग्दा प्रहरीले नै जाहेरी लिन नसकिने भन्दै फर्काएको काका ज्ञानबहादुरले बताए।

सो घटनामा शनिबार हलेसी न्यूज नेटवर्कको कार्यालयमा पुगेका पीडित पक्षले प्रहरीबाटै घटनामा सम्लग्न दोषीलाई  बचाउ गर्न खोजेको आरोप लगाएका थिए । “मृतकको तस्वीर हामीसँग पनि छ । तस्वीर हेर्दा पनि शिक्षाको आत्महत्या होइन, कर्तव्य गरी हत्या गरेको हाम्रो ठहर छ,” काका ज्ञानबहादुरले भने, “तर प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षकले नै किन किटानी जाहेरी लिन मान्नु भएन  रु किन हामीलाई आत्महत्या दुरुत्साहनमा जाहेरी दिन बाध्य पारियो रु यसले हामीमा शङ्का उत्पन्न गराएको छ ।”

छिमेकीका  अनुसार घटनाका दिन पर्म ९छिमेकमा आलोपालो गरिने का० गएकी शिक्षालाई आफन्तले साँझ ८ः ३० बजे उनको घर पुर्याएर छाडेको करिब ४५ मिनेटपछि नै झुन्डिएर आत्महत्या गरेको खबर गाउँमा फैलिएको बताइएको छ । जाहेरीमा झमेला भएकै कारण उनको भदौ १० गते मात्र शव परीक्षण गरिएको थियो ।

श्रीमानले कुटपिट गरिरहने र परिवारबाट पनि मानसिक तनाव दिने गरेको भन्दै शिक्षाले माइती पक्षका साथी भाइलाई फेसबुक मेसेञ्जरबाट गुनासो पोख्ने गरेको बताइएको छ । प्रहरीले किटानी जाहेरी लिन नमानेपछि मृतकका आफन्तको आग्रहमा पूर्व जिविस सभापति विष्णुकुमार राई र बाम्राङका वडाध्यक्ष ललितकुमार राईसमेत जिल्ला प्रहरी कार्यालय जानकारी लिन पुगेका थिए  ।

प्रहरी नायब उपरीक्षक उमेश लम्सालले भने शिक्षाका श्रीमानविरुद्ध ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी नै नआएको र आएमा दर्ता हुने बताएका छन् । “उहाँहरुले आत्महत्या दुरुत्साहनमा जाहेरी दिनुभएको छ । यो पनि किटानी जाहेरी नै हो । शव परीक्षण रिपोर्ट आउँछ, त्यो बेलासम्म पर्खेर अन्य प्रक्रिया अघि बढाऔँ भन्ने सल्लाह भएको छ”, उनले भने, “किटानी जाहेरी आएमा दर्ता नगर्ने भन्ने कुरै हुन्न, दर्ता गरेर पठाइदिन्छौँ । आफ्नो क्षेत्राधिकारभित्रको जाहेरीलाई दर्ता गर्नुपर्छ, मिल्दैन भने मिल्दैन भनेर फिर्ता गर्नुपर्छ ।”

शव परीक्षणपछि पनि  प्रहरीले आफूहरुलाई फसाउन खोजेको मृतककी आफन्त मीनुकला राईको आरोप थियो। “हाम्रो संस्कारअनुसार पराइघर गएका छोरी चेलीको माइतीमै मृत्युमा पनि घरपट्टिकाले संस्कार गर्नुपर्ने हुन्छ”, उनले भनिन्( “आफ्नै घरमा शङ्कास्पद मृत्यु भएकी शिक्षाको शव हामीलाई बुझाउन प्रहरीले नै दबाब दिएकामा  संस्कार विपरीत गर्न सकिन्न भनेपछि उतै पठाइयो ।”

घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षक सागर साह नेतृत्वको टोली भदौ ८ गते घटनास्थल पुगेकामा  पीडक पक्षले आर्थिक प्रलोभनमा पारेर कर्तव्य ज्यानसम्बन्धीको घटना मिलाउन खोजेको आफन्तको आरोप छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement