पुस २०, काठमाडौं । नाबालिग बलात्कार अभियोगमा दोषी ठहर भएका गुल्मीको इस्मा गाउँपालिकाका एक व्यक्तिलाई १९ वर्ष कैद सजाय भएको छ।
जिल्ला अदालत गुल्मीका न्यायाधीश वसन्तराज पौडेलको इजलासले इस्मा– ४ दोहलीका ३७ वर्षीय भूपाल अधिकारीलाई १९ वर्ष कैद र सात लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो।
जरिवानाको सात लाख एवं पीडित बालिकाको उमेर र शारीरिक तथा मानसिक अवस्थामा परेको चोटका कारण थप एक लाख गरेर आठ लाख पीडितलाई क्षतिपूर्ति भराउने फैसला भएको जिल्ला अदालत गुल्मीका सूचना अधिकारी कृष्णप्रसाद पाण्डेयले जानकारी दिए।
त्यस्तै, अधिकारीले २८ हजार पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसलामा उल्लेख छ।साभार नयाँपत्रिका