Advertisement
Advertisement
Advertisement
Advertisement

१६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार: दिल्ली प्रहरीले दुई साताभित्र अभियोगपत्र दायर

  |      11:43:00   |  
web image
web image

भदौ १७ , काठमाडौं । भारतको दिल्लीमा १६ वर्षीया किशोरीमाथि बस चालक र सहचालकले कथित रूपमा सामूहिक बलात्कार गरेको घटनामा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ। प्रहरीले घटनामा प्रयोग भएको बसबाट पीडिताको कपाललगायत जैविक नमुना संकलन गरेको छ भने विभिन्न व्यक्तिका बयान र सीसीटीभी फुटेजलाई प्रमाणका रूपमा संकलन गरेको जनाएको छ।

प्रहरीका अनुसार घटनासँग सम्बन्धित फरेन्सिक रिपोर्ट छिटो उपलब्ध गराउन फरेन्सिक साइन्स ल्याबोरेटरी ९एफएसएल० लाई आग्रह गरिएको छ। अभियोगपत्रमा यी प्रमाण महत्वपूर्ण हुने प्रहरी अधिकारीहरूले बताएका छन्। अनुसन्धान पूरा गरी दुई साताभित्र अभियोगपत्र दायर गर्ने तयारी भइरहेको छ।

प्रहरीका अनुसार उत्तर प्रदेशको मैनपुरीकी कक्षा ११ मा अध्ययनरत किशोरी अगस्ट ३ मा घरबाट निस्किएकी थिइन्। नोएडाको सेक्टर–६३ मा आफन्तको घर जाने क्रममा उनलाई ग्रेटर नोएडाको परी चोकबाट बस चालक र सहचालकले बसमा चढाएको बताइएको छ।

प्रहरीका अनुसार उक्त बसले परी चोकदेखि कश्मीरी गेट क्षेत्रसम्म करिब ४७ किलोमिटर यात्रा गरेको थियो। अगस्ट ४ को बिहान किशोरीलाई कश्मीरी गेट नजिकै झारिएको थियो। बसका झ्यालमा पर्दा रहेकाले बाहिरबाट भित्रको गतिविधि देख्न कठिन रहेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा प्रहरीले परी चोकमा किशोरी बसमा चढेको र कश्मीरी गेट क्षेत्रमा उनलाई झारिएको देखिने दुईवटा सीसीटीभी फुटेज फेला पारेको छ। बसको डीभीआरसमेत प्रहरीले नियन्त्रणमा लिएर प्रमाणका रूपमा सुरक्षित गरेको जनाएको छ।

यसैबीच, राष्ट्रिय मानव अधिकार आयोगले घटनालाई गम्भीर मानव अधिकार उल्लंघनको विषय भन्दै दिल्ली र गौतम बुद्धनगरका प्रहरी आयुक्त तथा मैनपुरीका प्रहरी अधीक्षकलाई नोटिस पठाएको छ। आयोगले दुई साताभित्र अनुसन्धानको अवस्था र पीडितलाई उपलब्ध गराइएको क्षतिपूर्तिसहितको विस्तृत प्रतिवेदन माग गरेको छ।

घटनापछि किशोरीले कश्मीरी गेट प्रहरी कार्यालयमा उजुरी दिएपछि सामूहिक बलात्कार तथा बालबालिकामाथि यौन अपराधसम्बन्धी कानुनअन्तर्गत मुद्दा दर्ता गरिएको थियो। सीसीटीभी फुटेजका आधारमा प्रहरीले बसलाई तिमारपुरको पार्किङ क्षेत्रमा फेला पारी चार घण्टाभित्रै चालक र सहचालकलाई पक्राउ गरेको जनाएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement