कात्तिक १६, काठमाडौं। भक्तपुरमा एक जना १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने २२ वर्षीय रुपक खड्कालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
खड्काले ती किशोरीलाई पटक पटक बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।