Advertisement
Advertisement
Advertisement
Advertisement

हुँदै गरेको विवाह प्रहरीले रोक्यो

  |      13:37:00   |  
वेब तस्विर
वेब तस्विर

►नगेन्द्र उपाध्याय

पुस २०, सुर्खेत । बराहताल गाउँपालिका–९ स्थित थारीगाउँकी रत्नकला मर्याङ्गीको घरमा छोराको विवाहको तयारी धुमधामका साथ चलिरहेको थियो। निम्त्याइएका आफन्त, इष्टमित्र र छरछिमेकीहरुले घर आँगन ढाकिएको थियो। ध्वजापताकाले घर सजाइएको थियो। विहेमा आएकाहरु नाचगान र खानपिनमा व्यस्त थिए। भोजका लागि खसी काटेर भतेरको तयारी गरिँदै थियो। घर नजिकैको आँगनमा विवाहका लागि मण्डप पनि तयारी अवस्थामा थियो।

 

बेलुका साढे पाँच बजे विहेको साइत अगाडी नै विहीबार प्रहरी निरीक्षक निरन्जन घिमिरेको टोली विवाह स्थल पुग्यो। प्रहरी देख्ने वित्तिकै आफन्तले १३ वर्षकी दुलही र १६ वर्षका दुलाहालाई लुकाए। दिउँसो साढे तीन बजे पुगेको प्रहरीलाई विहे रोक्नका लागि थप चार घण्टा समय लाग्यो। विवाद र छलफलपछि आफन्तहरु विवाह हुन लागेको जोडीलाई छलफलमा ल्याउन राजी भए। प्रहरीले विवाह हुनलागेका बालबालिकाका साथै स्थानीय जनप्रतिनिधि, आमा समूह, महिला सञ्जालका प्रतिनिधि र आफन्तलाई राखेर छलफल चलायो। ‘कलिलो उमेरमै बालविवाह गर्दा हुने बेफाइदा, कानुनी कारबाही लगायतका विषयमा लामो छलफल भयो’ प्रहरी निरीक्षक घिमिरेले भने, ‘अन्तमा दुबै पक्षका आफन्तले बालिका र बालकलाई आ–आफ्नो जिम्मा लगेर जान राजी हुनुभयो।’

 

कक्षा ७ मा पढ्दै गरेकी १३ वर्षीया बालिकालाई थारीगाउँका दीपक मर्याङ्गीले पुस १ गते भगाएका रहेछन्। त्यो थाहा पाएपछि गाउँको आमा समूह र महिला सञ्जालले विवाह रोक्न धेरै प्रयास गर्‍यो। केटा पक्षका आफन्तले उनीहरुको कुरा मानेनन्। ‘विवाह रोक्न हामीले धरै प्रयास गर्‍यौं’ स्थानीय अगुवा रमिता शाहले भनिन्, ‘अन्तिममा हाम्रो केही नलागेपछि प्रहरीलाई खवर गरेका हौं।’

 

शाहका अनुसार बालविवाह गर्नुहुन्न भन्ने स्थानीयहरुलाई जानकारी नभएको होइन्, तर जानीजानी बालविवाह गर्नेहरुको संख्या गाउँमा धेरै छ। ‘बालविवाह, बहुविवाह सम्वन्धी गाउँमा अहिले पनि संवाद कक्षाहरु चलिरहेका छन्, संवाद कक्षामा बसेकाहरु नै बालविवाह गराउन प्रोत्साहन गर्छन्’ उनले भनिन्, ‘यस्ता घटनाहरु गाउँमा धेरै छन्।’

 

बालिकाकी आमा रत्नकली सिंजालीले छोरीलाई यसअघि पनि आफू घर फर्काउन आएपनि जान नचाहेको बताइन्। ‘छोरी भर्खर सात कक्षामा पढ्छिन्, धेरै पढाउँला र ठूली मान्छे बनाउँला भन्ने सोचेको थिएँ’ उनले भनिन्, ‘भागे लगत्तै लिन आएकी थिएँ, जान मानिनन्।’

नागरीक खबरमा प्रकाशित 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement