Advertisement
Advertisement
Advertisement
Advertisement

हिउँ खेल्न पहाडमा पर्यटक

  |      12:11:00   |  
वेब तस्विर
वेब तस्विर

► चन्द्र कार्की

पुस २४, काठमाडौं ।सुनसरीको धरानबाट मात्र तीन घण्टाको दूरीमा रहेको पर्यटकीय क्षेत्र वसन्तपुरमा हिउँ खेल्न यो साताभर हजारौं आन्तरिक पर्यटकको घुइँचो लागिरह्यो । हिउँ हेर्न र हिउँमै खेल्न आएका आन्तरिक पर्यटकले पटेक डाँडादेखि मिल्के भञ्ज्याङसम्मका सडक तथा डाँडाकाँडा भरिभराउ भए । 


वसन्तपुर क्षेत्रमा परेको बाल्लो हिउँ खेल्न धरान–८, बरगाछीबाट पुजन पोखरेलको समूह चित्रे बजारसम्म पुग्यो । ६ जनाको समूहमा आएका उनीहरू दुई दिनसम्म पटेकडाँडा क्षेत्रमा जमेको बाल्लो हिउँमा खेलेर रमाइलो गरीरहेका देखिन्थे । लर्डबुद्ध कलेज विराटनगरबाट हिउँ हेर्न आएका ३० जनाजति विद्यार्थीको समूह तीनजुरे क्षेत्रमा रमाइरहेको देखिन्थ्यो । ‘पहिलो पटक हिउँ देखेको, साह्रै रमाइलो भयो,’ समूहमा हिउँ खेल्न आएका निमेष तामाङले भने । उनीहरू हिउँ देख्नेबित्तिकै सेल्फी खिचेर सामाजिक संजालमा पोस्ट गरिरहेका देखिन्थे । त्यहाँ अहिले अन्य दिनको तुलनामा १० गुणा वढी सवारी पूर्वी तराईबाट आइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सात वर्ष पछि बाक्लो हिउँ परेपछि स्थानीय पर्यटन तथा होटल व्यवसायीहरू निकै उत्साहित देखिएका छन् । जिल्लामा एक्कासि बढेको हिउँ पर्यटनका कारण होटलहरू अत्यधिक व्यस्त भएका छन् । सडकदेखि डाँडापाखा र जंगलसम्म नै आन्तरिक पर्यटकको चहलपहल देखेर होटल व्यवसायमा केही उत्साह थपिएको होटल वसन्तपुर भ्यूका संचालक प्रकाश श्रेष्ठले बताए । पछिल्लो समय नेपालीहरूमा घुम्ने संस्कृतिको विकास भएकोमा उनी निकै खुसी देखिन्थे ।

 

तेह्रथुम आफैंमा सुन्दर र पर्यटकीय आर्कषण भएको जिल्ला हो । यहाँका उच्च क्षेत्रमा प्रत्येक वर्षजसो हिउँ पर्छ । यति बाल्लो हिउँ भने यो वर्ष मात्र परेको हो । यस अघि सामान्य मात्रामा हिउँ पर्ने गरेको थियो । पूर्वी तराई तथा भारतको विहारबाट नजिकको दूरीमा रहेको तीनजुरे–मिल्के–जलजले क्षेत्रमा हिउँ खेल्न यो साता १५ हजारभन्दा बढी आन्तरिक तथा भारतीय पर्यटक आएको पर्यटन विकास तथा प्रवद्र्धन समिति सदस्यसमेत रहेका होटल व्यवसायी श्रेष्ठको भनाइ छ ।  हिउँ खेल्न आन्तरिक पर्यटकहरू कोही जिप भाडामा लिएर, कोही मोटरसाइकल त कोही सोहि रुटमा चल्ने बसमा यात्रा गरेर आएका छन् । हिउँ र प्रकृतिसंग रमाउन, तीनजुरे डाँडामा रहेको पाथीभरा मन्दिर दर्शन गर्न, तस्बिर खिच्न, फिल्मको सुटिङ गर्न तथा घुमफिर गरेर रमाउन हजारौं पर्यटक यहाँसम्म आउने प्रदेश सांसद लक्ष्मण तिवारीले बताए । यहाँ आउने पर्यटकका लागि भने प्रयाप्त होटल, लजहरू भने छैनन् । हिउँमा रमाउन ठुलो संख्यामा आएका पर्यटकहरू आफुले खोजे जस्तो होटल तथा खाना नास्ता नपाउँदा भने खिन्न देखिन्थे । पटेकडाँडादेखि मिल्के जलजले क्षेत्रको करिब पाँच दिन पैदल दूरीको पर्यटकीय क्षेत्रमा स्तरीय र पर्याप्त होटलहरू नहुँदा भने यहाँ आउने पर्यटकले बर्सेनि समस्या भोग्दै आएको अर्का पर्यटन व्यवसायी धर्मराज खड्काले बताए । यहाँका गुफापोखरी, चौकी, मिल्के, जलजले, मुडेशनिश्चरे, लसुने तीनजुरे, पटेकडाँडा, मार्गा पोखरी आदि पर्यटकीय स्थल पर्यटकहरूको पर्खाईमा छन् । 

 

तीनजुरे, पटेकडाँडा, मेन्छ्यायाम डाँडा आदि स्थान बाट सूर्योदय, सूर्यास्त तथा हिमालको सुन्दर दृश्य देखिन्छ । यहाँबाट कुम्भकर्ण, मकालु, कञ्चनजंघा, सगरमाथा आदि हिमश्रृंखला अवलोकन गर्न सकिन्छ । यहाँसम्म आउने पर्यटकले फर्किएर जाँदा चौंरीको छुर्पी, चिज, चौंरीको घ्यू, लेकाली फलफुलको वाईन, गुराँसको जुस, ढाका कपडा, खाँडीको कपडा, खुकुरी, लोकल कुखुरा, सुकुटी आदि कोसेली लान सक्छन् । हिउँ पर्यटन जिल्लाको आर्थिक समृद्धिसँग जोडीएको प्रदेश सांसद तिवारीको भनाइ छ ।  हिउँ खेल्न र हेर्न आउनेहरूका कारण यहाँका होटल तथा लजहरू भरिभराउ भएको वसन्तपुरकै सबैभन्दा ठुलो होटल याकका सञ्चालक पेम्बाछिरीङ भोटीयाले बताए । पर्याप्त होटल नहुँदा आएका सबै पर्यटकलाई बास बसाउन र ख्वाउन समस्या भएको उनको भनाइ छ । हिमपातले गर्दा धनुकटाको महालक्ष्मी नगरपालिका, छथर जोरपाटी गाउँपालिका, तेह्रथुमको लालीगुराँस नगरपालिका, छथर गाउँपालिका, संखुवासभाको धर्मदेवी नगरपालिका, मादी नगरपालिका आदि स्थानमा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा भारी वृद्धि भएको हो ।

साप्ताहित खबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement