Advertisement
Advertisement
Advertisement
Advertisement

हिंसामा परेका महिलाले सुरक्षित आवासगृहमा आएपछि न्याय पाउन थाले

  |      00:00:00   |  
वेब तस्विर
वेब तस्विर

साउन २२, बैतडी । पाटनमा महिला सुरक्षित आवासगृह सञ्चालनमा आएपछि हिंसामा परेका महिलाले न्याय पाउन थालेका छन् । 

 

विसं २०७३ मंसिरदेखि सञ्चालनमा आएको उक्त आवासगृहबाट अहिलेसम्म हिंसामा परेका ७४ महिलाले सेवा लिएको संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिनुभयो । हिंसाको प्रतिरोध गर्न हिंसापीडित महिलालाई सुरक्षित महिला आवासगृहमार्फत सजिलो भएको उहाँको भनाइ छ । 

 

उहाँले भन्नुभयो, “सुरक्षित आवासगृहमा हिंसामा परेकालाई महिलालाई परामर्श दिने गरिएको छ ।” आवासगृहमा घरेलु हिंसा, बालविवाह, बलात्कार, बहुविवाह, लैंगिक हिंसालगायत घटनाबाट पीडित महिला आउने गरेका छन् । हिंसामा परेका महिलालाई सहयोग पु¥याउने उद्देश्यले आवासगृह सञ्चालन गरिएको सञ्चालन समितिका संयोजक जानकी अवस्थीले बताउनुभयो । 

 

आवासगृहमा हिंसामा परेका महिलालाई ३५ दिनसम्म निःशुल्क खान बस्नको व्यवस्था गरिएको छ । उनीहरूलाई निःशुल्क कानूनी उपचारसमेत प्रदान गरिन्छ । अवस्थीका अनुसार ३५ दिनसम्म पुनःस्थापना नभए वा पुनः हिंसामा पर्ने देखिए पीडित महिलालाई आवासगृहमै राख्ने गरिएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोग, महिला तथा बालबालिका कार्यालयको समन्वयमा उदयदेव महिला बचत तथा ऋण सहकारी संस्थाले उक्त आवासगृह सञ्चालन गरेको हो । 

 

आवासगृह सञ्चालनमा आएपछि हिंसामा परेका महिलालाई सहज भएको महिला विकास निरीक्षक बिष्ना भण्डारीले बताउनुभयो । आवसगृह लामो समयसम्म सञ्चालन गर्नका लागि सक्दो सहयोग गर्ने पाटन नगरपालिकाका उपप्रमुख सरस्वती कोलीले बताउनुभयो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement