Advertisement
Advertisement
Advertisement
Advertisement

हिंसाका घटना न्यूनीकरण अभियान शुरु

  |      19:39:00   |  
वेब तस्विर
वेब तस्विर

असोज १३, बुटवल । गृहमन्त्री रामबहादुर थापाले महिला तथा बालबालिका हिंसाका घटना न्यूनीकरण अभियान शुरुवात गर्नुभएको छ । 

लागुऔषध निषेध र मदिरा नियन्त्रण अभियानसँग जोडेर मन्त्री थापाले आजदेखि प्रदेश नं ५ बाट देशव्यापीरुपमा अभियान शुरुआत गर्नुभयो । 

 

सरकारले शुरु गरेको यो अभियान समाजमा रहेको सबै किसिमका अपराध र अपराधीविरुद्धको अभियान भएको बताउँदै उहाँले यस अभियानलाई जनता मिलेर सफल बनाउने मुख्य अभिभारा रहेको बताउनुभयो । 

 

उहाँले अपराधका घटना नियन्त्रणका लागि मन्त्रालयले विशेष योजनासहित राज्यका जनप्रतिनिधि रहेका तल्लो तहसम्म गएर कार्यान्वयन गर्ने र सबै तहमा राज्यका जनप्रतिनिधिले नागरिक समाज, जनतालाई समेटेर अभियान थाल्न निर्देशन दिनुभयो । 

 

गृहमन्त्री थापाले समतामूलक समाज निर्माणमा प्रमुख बाधकका रुपमा अझै पनि समाजमा रहेका दलाल, पूँजीपति र सामन्तवर्गलाई पहिचान गरेर समृद्धिको बाटोबाट हटाउन आवश्यक रहेको बताउनुभयो । 

 

उहाँले समाजवादको नयाँ अभियान आजको आवश्यकता भएको बताउँदै समाजवाद निर्माणमा सरकार राज्यका सबै संयन्त्रभित्र र बाहिर बाधकका रुपमा समाजमा रहेकाले यिनका विरुद्ध सरकार र जनता एक भएर लड्न आवश्यक छ भन्नुभयो । 


गृहमन्त्री थापाले आवश्यक परे संसद्बाट ऐन कानूनको निर्माण र संशोधन गरेर पनि सरकारले आपराधिक गतिविधि न्यूनीकरणका लागि कडा कारवाही गर्ने बताउनुभयो । 

 

उहाँले वर्तमान सरकारको समृद्धि र विकाससँगै समाजवादको मार्गमा मुख्य शत्रु राजनीतिक दल, कर्मचारी संयन्त्र, अदालतभित्रका दलालका कारण समस्या भएको बताउँदै यिनीहरु नै जनताका शत्रु रहेको र यिनलाई कारवाही नगरेसम्म समृद्धि र समाजवाद सम्भव नरहेको बताउनुभयो । 

 

उहाँले भन्नुभयो, “राजश्व ठग्ने तस्कर व्यवसायी, वैदेशिक रोजगारीका नाममा सर्वसाधारण ठग्ने ठग म्यानपावर व्यवसायी, कमसल सडक बनाएर दुर्घटना निम्त्याउने ठेकेदार र उनीहरुसँग मिलेर जनताको करबाट तलब खाएर गलत काम गर्ने प्राविधिक र भ्रष्ट कर्मचारी जनताका शत्रु हुन्, यिनीहरुलाई सरकार र जनता मिलेर समाप्त पार्नुपर्छ ।” 

 

गृहमन्त्री थापाले अपराधका घटनालाई धेरै राजनीतिकरण नगर्न पनि आग्रह गर्दै पोखरा बारा लगायतका स्थानमा भएका बलात्कारका घटनामा संलग्नलाई प्रहरीले तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याएको बताउनुभयो । 

 

उहाँले निर्मला पन्तको बलात्कार र हत्याको घटनामा बढी राजनीतिक हावीसमेत भएको बताउँदै भन्नुभयो, “अहिलेसम्म हजारौँ निर्मलाको बलात्कार भएको छ तर यसमा बढी राजनीतीकरण निर्मलाको बलात्कार र हत्यामा संलग्न पनि उम्कन सक्ने छैन ।” 

 

कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागुऔषध कारोवारी र यिनीहरुको सञ्जाल तोड्नु आवश्यक रहेको बताउँदै समाजका यस्ता अपराधीलाई कानूनको दायराका ल्याउन निर्भिकता र निष्पक्षताका साथ काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो । 

 

उहाँले महिला तथा बालबालिका हिंसाका अत्यधिक घटना लागुऔषध तथा मदिराकै कारण हुने गरेको बताउँदै गत आर्थिक वर्षमा मात्र मदिराका कारण सात वटा घटना जबर्जस्ती करणी र नौ वटा घटना जबर्जस्ती करणी उद्योगका घटना रहेको जानकारी दिनुभयो । 

 

महानिरीक्षक खनालले गत आर्थिक वर्षमा देशभरिबाट तीन हजार ८८ मुद्दा लागुऔषधका कारण हत्या, हिंसा, अपहरण, चोरी र डकैती र लुटपाट प्रहरीमा दर्ता भएकोसमेत जानकारी दिनुभयो । 

 

कार्यक्रममा प्रदेशका प्रमुख सचिव तीर्थराज ढकालले प्रदेश सरकारले महिला तथा बालबालिका हिंसा न्यूनीकरणका लागि प्रदेश सरकारको आवधिक योजनामै कार्यक्रमा समावेश गरेर कार्यान्वयन गर्ने जानकारी दिनुभयो । 

 

प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बराल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, अनुसन्धान विभागका मुख्य निर्देशक दिलीप रेग्मी, मन्त्रालयका सहसचिव नारायणप्रसाद शर्मा दुवाडी लगायतले हिंसा नियन्त्रणका लागि सामाजिक अभियानमा सहभागी हुनुपर्ने बताउनुभयो । 

 

प्रदेशस्तरीय कार्यक्रमका रुपमा आज प्रदेश ५ बाट शुरु भएको यो अभियान सातवटै प्रदेशमा शुरु गरिने गृह मन्त्रालयले जनाएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement