Advertisement
Advertisement
Advertisement
Advertisement

हरेक घरमा एक महिला रोजगार हुने

  |      15:13:00   |  
वेब तस्विर
वेब तस्विर

असार १९, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले चार वर्षभित्र प्रत्येक घरका कम्तीमा एक जना महिलालाई रोजगारी दिने कार्यक्रम सार्वजनिक गरेको छ ।

 

‘समृद्ध वीरेन्द्रनगरको आधारः एक घर एक महिला रोजगार’ कार्यक्रम अन्तरगत नगरपालिकाले महिलालाई स्वरोजगार बनाउन लागेको हो ।

 

नगरपालिकाले महिलाहरुलाई व्यवसायका आधारमा ५० प्रतिशत विना व्याज ऋण र ५० प्रतिशत अनुदान दिनेछ । यस अन्तरगत पहिलो वर्षका लागि एक करोड ८० लाख रुपैयाँ छुट्याएको नगरपालिकाका उपमेयर मोहनमाया ढकालले जानकारी दिइन् ।

 

पहिलो वर्ष सिमान्तकृत महिलालाई यो कार्यक्रममा समेटिने छ । उपमेयर ढकालले भनिन्, ‘चार वर्षभित्र नगरभित्रका प्रत्येक घरका कम्तिमा पनि एक जना महिलालाई स्वरोजगार बनाउँछौं ।’

 


 बेरोजगार महिलाहरुको लगत संकलनको काम भइरहेको छ । बेरोजगार महिलालाई उनीहरुको योग्यता र क्षमताको आधारमा रुचि अनुसारको सीप विकास तालिम दिएर स्वरोजगार बनाउने लक्ष्य नगरपालिकाको रहेको उपमेयर ढकालले बताइन् ।

 

कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकामार्फत एक करोड र वडामार्फत ८० लाख रुपैयाँ महिला रोजगार कार्यक्रमका लागि छुट्याएको छ ।

 

यो कार्यक्रम अन्तरगत सीप विकास तालिमपछिको व्यवसाय गर्नका लागि ४० हजार विना व्याजको ऋण र २० हजार रुपैयाँ नगरपालिकाले अनुदान दिने छ ।

 

उपमेयर ढकालका अनुसार महिला स्वरोजगार सम्बन्धी नगरपालिकाभित्र काम गर्ने संघ–संस्थालाई एकद्धार प्रणालीमा ल्याएर उनीहरुको लगानी पनि यसमा थपिनेछ । पहिलो वर्ष कम्तिमा पनि पाँच हजार महिलालाई स्वरोजगार बनाउने लक्ष्य रहेको पनि उनले बताइन् ।

 

२३ हजार सात सय १० घरधूरी रहेको वीरेन्द्रनगर नगरपालिकाभित्र नगरपालिकाले अघिल्लो वर्ष सुरु गरिएका महिला लक्षित कार्यक्रम प्रभावकारी भएकाले महिलामैत्री बजेट ल्याइएको बताएको छ ।

चालू आर्थिक वर्षमा सुरु गरिएको छोरी जन्म बचत खाता, सुरक्षित आमा कार्यक्रम, गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्सरे, हिंसापीडित महिलाहरुका लागि निःशुल्क उपचारलगायतका कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ ।

 

नगरपालिकाले महिलाका नाममा सम्पत्ति प्राप्त हुने सिफारिस र प्रमाणित शुल्क दस्तुरमा ३५ प्रतिशत छुट दिने निर्णय गरेको छ । यस्तै महिला, दलित तथा अपाङ्गता भएका व्यक्ति तथा समूहद्धार सञ्चालित व्यवसायमा २० प्रतिशत कर छुटको व्यवस्था गर्ने नगरपालिकाले निर्णय गरेको छ ।

 

यस्तै नगरपालिकाले गर्भवती महिलालाई सुत्केरी हुनका लागि नजिकको बर्थिङ सेन्टर र क्षेत्रीय अस्पताल कालागाउँसम्म पुर्याउनका लागि एम्बुलेन्समा लाग्ने खर्च व्यहोर्ने निर्णय गरेको छ । यसका लागि नगरपालिकाले २० लाख रुपैयाँ छुट्याएको छ ।

 

नगरपालिकाको शुक्रबार पारित भएको बजेटमा कटकुवा स्थास्थ्य चौकीलाई महिला तथा बालबालिका विशेषज्ञ अस्पतालको रुपमा विकास गर्ने उल्लेख छ ।

 

यस्तै महिला स्वयमसेविकाको पोशाक भत्तालाई एक हजारबाट बढाएर दुई हजार पुर्याइएको छ ।

 

गर्भवती महिलालाई निःशुल्क भिडियो एक्सरे सेवालाई निरन्तरता दिइएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement