Advertisement
Advertisement
Advertisement
Advertisement

स्वदेशमै उत्साहित युवा

  |      13:23:00   |  
 स्वदेशमै उत्साहित युवा

पुस १३,  काठमाडौं । म २१ वर्षीया युवती हुँ । मोनास्टिक, बुद्धिजम रिच्युअल फर्निचर्स तथा अन्य सामग्री डिजाइनमा मेरो रुचि सानैदेखिको हो । म सानैदेखि यस्ता फर्निचरमा पेन्टिङ पनि गर्थें । मेरा अशिक्षित आमाबुवा त अर्काको पसलमा काम गरेर अहिले आफ्नै व्यवसायमा सफल हुनुहुन्छ भने म त पढेलेखेकी केटी नेपालमै केही गर्न सक्छु भन्ने आत्मविश्वासले आफै काम थालें । मुलुकलाई अहिले क्रिएटरहरू चाहिएका छन् जसले अरूलाई रोजगार बनाउन सकून्, म त्यसैका लागि नेपाल बसेकी हुँ । मेरा साथीभाइमध्ये ८० प्रतिशत विदेशमै छन् । तिनीहरू क्रिएटिभभन्दा पनि सेकेन्ड–सेकेन्ड गनी एकोहोरिएर काम गर्नुपरेको बताउँछन् । विदेश गएका मेरा साथीहरू ‘तँ माथि गर्व छ, तैंले नेपाल बनाउन एउटा इँटा थप्छेस्’ भन्ने कुरा गर्छन् । नेपालमा जुन गतिमा विकास गर्न सक्थें उता गएर अन्डर–प्रेसरमा काम गर्दा क्रियटिभिटी लस्ट हुँदै गएको छ । नेपाल अझै विकासोन्मुख अवस्थामै छ, यहाँ अवसर धेरै छ, प्रतिस्पर्धा कम छ । जब प्लेसमेन्ट, सही तलब र युवाका लागि सहयोगी नीति भयो भने कोही पनि बिदेसिँदैनन् । युवा स्वयंले पनि आफूमा भएको सीप एवं दक्षता चिनेर यहीँ अवसर सिर्जना गर्न सके आफू मात्र होइन हाम्रो सिंगो मुलुक बन्न बेर लाग्दैन । 

 


प्लस टु सकेपछि सबै साथी विदेश जाँदा आफू पनि जाऊँ कि भन्ने नलागेको होइन तर त्यसपछि इभेन्ट होस्ट र अर्गनाइज गर्न थालें अनि विदेश जाने कुरै हरायो । विदेश गए पनि मेहनत गर्नैपर्छ, यहीँ परिवारसँगै बसेर त्यत्तिको परिश्रम गरियो भने त आफ्नो करियर पनि बन्ने मुलुकलाई योगदान पनि हुने, डबल फाइदा हुने देखेर मैले यहीँ करियर सुरु गरें । विदेशमा टन्न पैसा छ रे भन्ने हावाको भरमा जानेहरू पनि छन् । छोराछोरी कता भन्दा अमेरिका–अस्ट्ेरलिया भन्दा समाजमा प्रतिष्ठित भइन्छ भन्ने सोचिन्छ, यहाँको पेमेन्ट सिस्टम र क्वान्टिटी दर्‍हो छैन यिनै कारणले युवाहरू बिदेसिन्छन् । यहीँ रोजगारीको सिर्जना, कामअनुसारको तलव–सुविधा, हरेक कामलाई सम्मान गर्ने ट्ेरन्ड बसाल्न सके युवाहरू यहीँ खुसी हुन्छन् । यसका लागि युवाहरू आफै मोटिभेट हुनुपर्छ । नेपालमा पनि युवालाई २० वर्ष कटेपछि दैनिक यति घन्टा आफैं काम गर र आफ्नो जीवन आफैं चलाऊ भन्ने अभियान चलाउनुपर्छ । सरकारले पनि हरेक क्षेत्रमा युवा सहभागिता बढाएर कानुनको बलियो कार्यान्वयनमा उत्रिनुपर्छ । 

 

मलाई विदेश मोहले कहिल्यै तानेन । स्कुल–कलेज पढ्दा हरेक गु्रप अफ फ्रेन्ड्सको विदेश जाने कुरा हुन्थ्यो । म भने यहीँ एमबीबीएस पढ्ने उद्देश्यले एकोहोरिइरहेकी थिएँ । एमबीबीएस सकेपछि नेपाल मोह अझ गहिरो हुँदै गयो, कारण नेपाललाई हामीजस्ता युवाको खाँचो छ । मेरा साथीसंगी–दिदीबहिनी सबै विदेशमा छन् । उनीहरूबाट मैले त्यहाँका बारेमा धेरै कुरा जान्ने मौका पाएकी छु । विदेशमा लक्जरियस जीवन र बाहिरी इन्फ्रास्ट्रक्चर त पाइएला तर पहिचान खोइ रु म को हुँ र मेरो गन्ती कहाँनिर हुन्छ रु दोस्रो दर्जाको नागरिक भएर बाँच्नुको पीडा जीवनभर रहिरहन्छ । आफू सक्षम भइयो र हातमा पैसा छ भने त्यो लाइफ यहाँ पनि नभएको होइन तर परिश्रम र जाँगर आवश्यक हुन्छ । नेपालमा लाइफ सेक्युरिटीको कुनै आधार नभएकाले तथा रोजगारीको अभावका कारण युवाहरू बिदेसिने चाहना राख्छन् । रोजगारी पाइहाले पनि बढी काम कम तलबका कारण युवाहरू फस्ट्रेट छन् । म जस्तो डाक्टर जो हुम्ला–जुम्ला जस्ता विकट क्षेत्रमा गएर काम गर्छु भन्दा सुरक्षाको कुनै प्रत्याभूति हुँदैन भने अर्कातर्फ सेवा–सुविधा पनि त्यति राम्रो छैन । अहिले सामाजिक सञ्जाललगायत सञ्चारमाध्यमका कारण मानिसहरू निकै सचेत र सुसूचित भैसकेका छन् । उनीहरू संसारभरका ट्रेन्ड फलो गर्न चाहन्छन् । यस्ता विषयमा युवाहरू निकै सिर्जनशील र मेहनती हुन्छन् । मानिसले खोजिरहेको कुरा यहीँ दिऊँ भन्ने चाहनाका कारण अहिले थुप्रै युवा विदेश जान छोडेर आफ्नै उद्यममा लागेका छन् । नयाँ अवधारणा भित्र्याउँदै मुलुक बनाऊँ भन्ने अभियानमा दृढ छन् जुन पछिल्लो समयको अत्यन्त सकारात्मक उपलब्धि हो । अर्को कुरा विदेशको दुस्ख, पहिचानविहीन जीवन र नेपालको शानको सहज जीवनका कारण पनि अहिले युवाहरू स्वदेशमै सीप, परिश्रम एवं पसिना खर्चिन चाहन्छन् ।     लक्ष्मी भण्डारी थापा

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement