Advertisement
Advertisement
Advertisement
Advertisement

स्वतन्त्र प्रेस सङ्कुचन हुने कानूनी प्रावधानमा संशोधन हुन्छ : सभामुख

  |      14:39:00   |  
वेब तस्विर
वेब तस्विर
असोज ४, काठमाडौं ।  सभामुख कृष्णबहादुर महराले प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्ने कानूनका प्रावधानमा आवश्यक संशोधन हुने बताएकाहुन् । 
 
 
नेपाल पत्रकार महासङ्घ र नेपाल अमेरिका पत्रकार सङ्घ नेजा द्वारा आज आयोजित ‘संविधान र पूर्ण प्रेस स्वतन्त्रा’ विषयक विचार गोष्ठीमा उनले गत भदौ १ गतेदेखि लागू भएको मुलुकी संहितामा स्वतन्त्र प्रेसमाथि बाधा पुग्नसक्ने प्रावधान संशोधन गरिने उल्लेख गरे।
 
 
विगतमा सूचनाको हकसम्बन्धी कानूनमा पनि सरोकारवाला निकायसँगको आवश्यक छलफलपछि संशोधन भएको प्रसङ्ग उल्लेख गर्दै उनले भने, “हालै पारित भएका संविधानका मौलिक हकसँग सम्बन्धित कानूनमा पनि केही कमीकमजोरी भए तत्काल संशोधन गर्न सकिन्छ ।” 
 
 
सभामुख महराले स्वस्थ्य र प्रतिस्पर्धात्मक समाज निर्माणका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउँदै देश र जनताका पक्षमा समर्पित भएर पत्रकारिताको जिम्मेवारी निर्वाह गर्न आमसञ्चारकर्मीलाई आग्रह गरे । कार्यक्रममा महासङ्घका पूर्वअध्यक्ष वरिष्ठ पत्रकार हरिहर विरहीले संविधानले पूर्ण प्रेस स्वतन्त्रताको अधिकार प्रदान गरेको भए पनि अन्य कानून बनाएर स्वतन्त्र प्रेसलाई सङ्कुचन गर्ने प्रयास गर्नु दुःखद् हो भने । पछिल्लो समयमा प्रेस स्वतन्त्रतामाथि चुनौती थपिएको उल्लेख गर्दै उनले त्यस्ता चुनौतीको सामना गर्न सबै सञ्चारकर्मीले आआफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे । 
 
 
महासङ्घका अध्यक्ष गोविन्द आचार्यले संविधानको प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था हुँदाहुँदै पनि अन्य कानूनका आधारमा पत्रकार थुन्ने काम भएको उल्लेख गर्दै प्रेस स्वतन्त्रता विरोधी कानून संशोधन नभएसम्म महासङ्घको आन्दोलन जारी रहनेछ भने । महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले विचार तथा अभिव्यक्तिको स्वतन्त्रतामाथि जुनसुकै चुनौती आए पनि पत्रकारले जनताको हितका लागि शासकलाई प्रश्न गर्न छोड्नु हुँदैन भने । 

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement