Advertisement
Advertisement
Advertisement
Advertisement

स्तनपान गराउनेको संख्या घट्दै

  |      16:54:00   |  
वेब तस्विर
वेब तस्विर

►विष्णु नेपाल 

साउन १६। काठमाडौं । स्वास्थ्य सेवा विभाग परिसरमा स्तनपान कक्ष स्थापना भएको छ । दुईजना महिलासम्मले सो कक्षमा आफ्ना शिशुलाई स्तनपान गराई सुताउनसक्ने छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र राष्ट्र संघीय बालबालिका कोष ९युनिसेफ०का प्रतिनिधि टोमो होजुमीले आज संयुक्त रुपमा सो कक्षको शुभारम्भ गर्नुभयो । 

 

स्तनपानका लागि स्वास्थ्य निकायमा छुट्टै कक्ष स्थापना भएको यो पहिलो पटक हो । मन्त्रालय मातहतका स्वास्थ्य सस्था, अस्पतालले समेत छुट्टै स्तनपान कक्ष नरहेका बताइएको छ । 

 

अर्कोतर्फ, हालसम्म पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालयमा कार्यरत महिला कर्मचारीका लागि स्तनपान कक्ष छैन । कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले भन्नुभयो– “स्तनपानका लागि कार्यालयमा छुट्टै कार्यकक्ष स्थापना भएको छैन ।” 

 

साथै नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा भवन तथा सिहदरबारस्थित सचिवालयको भवनमासमेत स्तनपान कक्ष छैन । पहिलो र दोस्रो संविधानसभा बैठकका समयमा भने महिला सांसदका लागि छुट्टै कोठाको व्यवस्था मिलाइको थियो । सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले भन्नुभयो, “संघीय संसद् भवन र सचिवालयमा स्तनपानका लागि छुट्टै कक्ष रहेको छैन ।” 

 

उसो त त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल तथा आन्तरिक विमानस्थलमा ‘स्तनपान कर्नर’ रहेका छ । तर सबै यात्रुले देख्नसक्ने ठाउँमा सो कर्नर नरहेको बताइएको छ । 

 

पछिल्लो जनसाङ्ख्यीक सर्वेक्षण २०१६ का अनुसार नेपालमा पूर्णस्तनपान गराउनेको संख्या ६६ प्रतिशत मात्र रहेको छ । पूर्णस्तनपान भन्नाले शिशुको जन्म भएपछि एक घण्टाभित्रदेखि पाँचवर्षसम्मको स्तनपानलाई जनाउछ । अर्कोतर्फ शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत मात्र रहेको छ । 

 

सर्वेक्षणले स्तनपान गराउनु अघि दसजनामध्ये तीनजना शिशुलाई ध्यू,मह ,चिनी चटाउने गरेको देखाएको थियो । शल्यक्र्रिया गरेर जन्माइएका शिशुलाई भने आमाको दूघलाई प्रतिस्थापना गर्ने अन्य खुवाइने गरेको देखिएको छ । 

 

अर्कोतर्फ आमाको दूधलाई प्रतिस्थापना गर्ने बस्तु बिक्री वितरण गर्न सरकारले प्रतिबन्ध लगाएको छ । सो सम्बन्धी ऐन २०४९ र नियमावली २०५१ जारी भएको थियो। 

काठमाडौँ उपत्यकामा नै स्तनपानको अवस्था दयनीय 

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले गरेको एक अध्ययनका अनुसार काठमाडाँै उपत्यकाभित्र रहेका अस्पतालमा नै स्तनपान अवस्था गतिलो छैन । अध्ययनका अनुसार जन्मेको एकघण्टाभित्र स्तनपानको दर केवल ४१ प्रतिशत मात्र रहेको छ । 

 

यसैगरी शिशु जन्मने वित्तिकै आमाको नाङ्गो छातिमा टसाएर राख्ने दर केवल नौ प्रतिशत छ । शिशु र आमाबीचको भावनात्मक सम्बन्धलाई बढाउन, शिशुको स्वास्थ्य प्रवद्र्धन गर्न यसले सहयोग गर्ने स्वास्थ्य विज्ञ अतुल उपाध्याय बताउनुहुन्छ । 

 

उहाँ भन्नुहुन्छ, “स्तनपान सबैभन्दा पुरानो र पहिलो खोप हो, जन्मेको एक घण्टाभित्रदेखि छ महिनासम्म स्तनपान मात्र, दुई वर्षदेखि स्तनपानका साथमा अन्य खानेकुरा खुवाउनाले आमा र शिशुको स्वास्थ्य राम्रो हुन्छ । ” 

 

स्तनपानका फाइदा 

स्तनपानले आमलाई गर्भ निरोधकको रुपमा काम गर्छ । शिशुलाई स्वास्थ्य वृद्धि विकास, सम्पूर्ण आहारा, पानीको स्रोत हो । आमाको दूधमा पाइने तत्वले शिशुलाई रोगसँग लड्ने क्षमता हुन्छ । 

 

शिशुलाई जन्मनासाथ छातिमा टासेर राख्दा पाठेघर खुम्चिने प्रक्रियालाई उत्तेजित पार्छ । यसले सालनाल निक्लन र रक्तश्रावसमेत बन्द हुने र आमाको तनावसमेत कम हुने महाशाखाका अधिकृत मुकुन्दराज गौतम बताउनुहुन्छ । आमाको दूधमा रोगाणुनाशक तत्व हुन्छन् । आमाको दूधमा लेक्टोफोर्मिन नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमा फलामतत्व दिन्छ । आमाको दूधबाट आएका साधारण जीवाणुले शिशुको शरीरमा उब्जने विभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछन् । 

 

बाहिरी वातावरणबाट आमाको शरीरमा पुगेका रोगका जीवाणु, शरीरमा रहेको विशेष भागको सम्पर्कमा आउछन् र शरीरले ती विशेष रोगाणुको विरुद्ध प्रतिरोधात्मक तत्वहरू बनाउछ । यो तत्व थोरासिक डक्ट भनिने एक विशेष नलीबाट सिधँै आमाको स्तनसम्म पुग्छ र दूधबाट बच्चाको पेटमा पुग्दछ । यसरी शिशु आमाको दूध नियमित रूपमा खाएर स्वस्थ रहन्छन् । 

 

‘स्तनपान : जीवनको मूल’ आधार भन्ने नाराका साथ यसवर्ष स्तनपान दिवश साताव्यापि रुपमा मनाइँदै छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement