Advertisement
Advertisement
Advertisement
Advertisement

सुस्त मनस्थितिकी युवती बलात्कृत

  |      14:10:00   |  
वेब तस्विर
वेब तस्विर

पुस ५, पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा एक सुस्त मनस्थितिकी युवती बलात्कृत भएकी छन् । बलात्कारका आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।

 

गत मंसिर २८ गते साँझ घरमा परिवारका अन्य कोही पनि सदस्य नभएको मौका छोपी सुस्त मनस्थितिकी युवतीलाई बलात्कार गरेको आरोपमा फाल्गुनन्द गाउँपालिका वडा नं। २ का लाले भनिने शुरेस भुजेल पक्राउ परेका हुन् ।

 

पीडितका आफन्तका अनुसार सुस्त मनस्थितिकी ती युवतीलाई घरमा एक्लै छाडेर परिवारका अन्य सबै सदस्य विवाहमा गएका थिए ।

 

युवतीलाई ललाई फकाई घरभन्दा केही पर लगेर भुजेलले बलात्कार गरेको पीडितले इशारा मार्फत आफन्तलाई बताएकी छन् । जन्मजात देख्न र सुन्न सक्ने भए पनि ती युवती बोल्न भने सक्दिनन् ।

 

उनले आफन्तलाई पीडकले हातमा समाई गाउँमा लैजाने भनेर एकान्तमा लगेर करणी गरेको इशारा मार्फत बताएकी छन् ।

 

बलात्कारका आरोपित भुजेललाई पुष १ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए ।

 

घटना बारे थप अनुसन्धानका लागि पीडकलाई पाँचथर जिल्ला अदालतबाट म्याद थप गरी जबरजस्ती करणी महल अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । –महिला खबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement