पुस १८, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँ घटेको छ ।
यो दिन छापावला सुनको भाउ प्रतितोला १ लाख २० हजार ८०० मा र तेजावी सुन तोलामा १ लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार भने प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ । यो दिन चाँदी तोलामा १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, यो दिन अन्तरराष्ट्रिय बजारमा सुनको भाउ बढेको छ ।बुधबार अन्तरराष्ट्रिय बजारमा सुनको भाउ ०.२४ प्रतिशतले बढेर प्रतिऔंस २ हजार ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।